बिगत लामो समयदेखी यसरी ठगीरहेको छ नेपाल टेलिकमले..

बिगत लामो समयदेखी यसरी ठगीरहेको छ नेपाल टेलिकमले..

Loading...

पछिल्लो समयमा नेपालमा इन्टरनेट प्रदायक कम्पनीहरु धेरै थपिएका छन् । धेरै स्पिडहरु दिने भन्दै धेरै कम्पनीहरुले विज्ञापन गरिरहेका हुन्छन् । तर सेवाग्राहीहरु भने पटक पटक त्यस्तै कम्पनिहरुबाट ठगीन पुग्छन् । भनेको जति स्पिड नदिने, बिग्रिएपछी राम्रो सपोर्ट नदिने, इन्टरनेट चल्दै नचले पनि पैसा लिने, इन्टरनेट जोड्ने भन्दै कम्पनी अनुसारको डिभाइसहरु किन्न लगाउने,  जस्ता क्रियाकलापहरुले ग्राहकहरु निकै मारमा परेका हुन्छन् ।

यस्तै कम्पनिहरु मध्ये इन्टरनेट सर्भिस प्रोवाइड गर्ने ठूलो संस्था नेपाल टेलिकम पनि हो । यसले उपलब्ध गराउने इन्टरनेटहरु मध्ये ADSL सबै भन्दा धेरै ग्राहकहरुले प्रयोग गर्ने अनलिमिटेड इन्टरनेट अन्तर्गत पर्दछ । आफूलाई नेपालकै ठूलो इन्टरनेट सर्भिस प्रोवाइडरको रुपमा मान्ने नेपाल टेलिकमले धेरै जिल्लामा इन्टरनेट पुर्‍याएका छौ भनिरहेको हुन्छ, तर केही सुगम जिल्लाहरुमा बाहेक दुर्गम जिल्लाहरुमा टेलिकमको निकै लापर्वाही भएको देख्न सकिन्छ ।

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लामा बिगत लामो समय देखी टेलिकमको निकै ठूलो ठगी भैरहेको छ । धेरै महिना देखी मनाङको सदरमुकाम चामेमा टेलिकमले ADSL इन्टरनेटको पैसा लिने तर ग्राहकले पाउनुपर्ने इन्टरनेट स्पिड भन्दा धेरै (ग्राहकले पाउनुपर्ने स्पिडको १० प्रतिशतको स्पडी पनि नचल्ने) कम दिने गर्दै आइरहेको छ । जसका कारण स्थानियवासी, होटल व्यवसाय तथा सदरमुकाममा भएका धेरै नेपाल सरकारका कार्यालयहरु पनि नेपाल टेलिकमसँग निकै आक्रोशित भएका छन् ।


यति लामो समयदेखी इन्टरनेटमा यस्तो समस्या देखिए पनि कुनै ध्यान नदिएको स्थानियवासीहरु बताउँछन् । केही समय अगाडी मनाङकै तिल्चे गाउँमा नेपाल टेलिकमको इन्टरनेट, फोन, सिडिएमए लगायत सबै सेवाहरु लगभग २ बर्ष सम्म अवरुद्द भएको थियो । त्यसबेला पनि नेपाल टेलिकमले कुनै चाँसो देखाएको थिएन ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...