तत्कालिन पञ्जाधिकारीको नक्कली बसाइसराइ: भूमाफियाले खान खोजे करोडौंको जमिन

तत्कालिन पञ्जाधिकारीको नक्कली बसाइसराइ: भूमाफियाले खान खोजे करोडौंको जमिन

Loading...



तत्कालिन काठमाडौं महानगरपालिका पञ्जाधिकारी मुक्तिनाथ दवाडीले नक्कली बसाइसराइको कागज बनाएर कानुनको धज्जी उडाएको खुलासा भएको छ।

पन्जिकाधिकारी दवाडीले काठमाडौँ टोखा सरस्वती गाबिस (अहिलेको टोखा नगरपालिका)मा रहेको जग्गा हरिकृष्ण सिताराम शाहीले आफ्नो भनि दावी गर्ने उदेश्यले नक्कली बसाइसराइ तयार पारेका थिए ।

दवाडीले बनाएको नक्कली कागजातका आधारमा काठमाडौँ वडा नम्बर १९ का अक्कल कुमार शाहीसहितको पुर्ख्यौली जग्गा भक्तपुर धोलाहिटी बस्ने हरिकृष्ण र सीताराम शाहीले आफ्नो भन्दै उक्त नक्कली बसाइसराइलाई आधार बनाएर २०६२/५/५ गतेका दिन काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले मालपोत पठाइदियो मुद्दा 

हरिकृष्ण र सीतारामले काठमाडौँ जिल्ला आदलातामा दायर गरेको मुद्दा जग्गा धनि प्रमाणपत्र लगायतका सबै प्रकृया मालपोतमा हुने भएकाले तत्कालीन अवस्थामा मालपोतले नै छानबिन गर्ने गरी जिम्मा लगाइदिएको थियो ।

तर त्यसैबेला मालपोतले उक्त बसाइसराइको कागजात नै नक्कली भएको सुइँको पाउनासाथ् मुदा पुनः जिल्ला अदालत पुग्यो ।

एउटै व्यक्तिका फरक फरक प्रकृतिका एकै व्यहोराका नक्कली बसाइसराइ कागजात

काठमाडौँ जिल्ला अदालतमा टोखाको जग्गा आफ्नो भनि दाबि गर्ने हरिकृष्ण सीतारामको एकै व्यहोराका भिन्दाभिन्दै प्रकृतिका फरक-फरक नक्कली बसाइसराइ प्रमाणपत्र फेला परेका छन् ।

टोखाको जमिन हडप्ने र भूमाफियामार्फत मोटो रकम कुम्ल्याउने उदेश्यले हरिकृष्ण सितारामले पन्जिकाधिकारी दवाडीको हस्ताक्षर रहेको मिति एकै तर व्यहोराका फरक भएको नक्कली बसाइसराइ कागजात तयार पारेको भेटिएको छ ।

महानगरपालिकाले भन्यो यस किसिमको कागज हामीले बनाएको हैन 

यता काठमाडौँ महानगरपालिकाले तत्कालिन पन्जिकाधिकारी दवाडीको हस्ताक्षरमा तयार पारिएको नक्कली कागज महानगरपालिकाले नगराएको बताएको छ ।

काठमाडौँ महानगरपालिकाको मिति २०७१ साल कार्तिक २३ गते बसेको बोर्ड बैठकले हरिकृष्ण सिताराम नामका व्यक्तिको बसाइसराइ कागज नबनाएको भन्दै २०७१ साल कार्तिक २६ गते गोरखापत्र दैनिकमा सार्बजनिक सूचना समेत जारी गरेको थियो ।

पीडित भन्छन् आफ्नै जग्गा अरुले दाबि गर्यो न्याय माग्न कहाँ जाउ ?

जग्गा धनी अक्कल कुमार शाहीका परिवार भन्छन् ‘आफ्नो पुर्ख्यौली जग्गा यसरी नक्कली कागजात तयार पारी हरिकृष्ण सीतारामले आफ्नो भएको दाबी गर्दै अदालतमा मुद्दा नै दायर गरेपछि अब हामी न्याय माग्न कहाँ जाने ?’

अक्कल कुमारका अनुसार हरिकृष्ण सीतारामले आफ्नो पुर्ख्यौली जग्गा हडप्ने योजना अनुसार तत्कालिन पन्जिकाधिकारी दवाडीको मिलोमतोमा नक्कली बसाइसराइको कागज बनाएर काठमाडौँ जिल्ला अदालतमा उक्त जग्गा आफ्नो भएको दाबि गर्दै मुद्दा दायर गरेका थिए ।

पैसा देउ मुद्दा फिर्ता लिन्छु भन्दै पीडितलाई पीडकले धम्क्याए !
पिडित अक्कल कुमारका अनुसार अपरिचित बिचौलियाले मुद्दा फिर्ता गराई दिने भन्दै पैसाको पटक-पटक बार्गेनिङ गरेको बताएका छन् ।

विभिन्न व्यक्तिहरुले फरक-फरक नम्बरबाट पिडित साहीको परिवारलाई जग्गाको मुद्दा मिलाइदिने भन्दै फोन गरेर मानसिक तनाब दिने गरेको बताएका छन् ।






Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...