"तक्मे बुढा"लाई अब हिन्दी फिल्ममा देख्न पाइने...

"तक्मे बुढा"लाई अब हिन्दी फिल्ममा देख्न पाइने...

Loading...

हाँस्य श्रृंखला ‘मेरी बास्सै’ मा ‘तक्मे बूढा’ को पात्रमा देखिएका विल्सनबिक्रम राई बलिउड फिल्ममा काम गर्ने भएका छन् ।  फिल्मको नाम गोप्य राखिएको छ । हाल फिल्मको सुटिङ भइरहेको फोटो सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा उनी बलिउड अभिनेत्री आयशा टाकियासँग देख्न सकिन्छ । ताकियाले यसअघि सलमान खानसँग समेत काम गरिसकेकी छन् ।

फिल्ममा नेपाल र नेपालीको शान मानिने ढाकाटोपी सहित विल्सन देखिनेछन् । उनी १५ दृश्यको लागि उनि अनुबन्धित भएका हुन् र सबैजसो दृश्यमा विल्सनले अभिनेत्रीसँगै स्कृन सेयर गर्नेछन् ।


बलिउड तथा नेपाली दुवै फिल्मको अनुभव सँगालिसकेका अभिनेता सुनिल थापाको पहलमा विल्सनले उक्त प्रोजेक्ट हात पारेको बताइन्छ । त्यसो त यसअघि पनि विल्सन बलिउडमा जाने चर्चा थियो तर कम दृश्य त्यो माथि पनि डोमिनेट खालको रोल पाएपछि विल्सनले उक्त प्रोजेक्ट बहिष्कार गरेका थिए ।

स्रोत : समाधान न्यूज


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...