संयुक्त राष्ट्र भन्छ - झूठो बोलिरहेको छ भारत, कुनै सर्जिकल स्ट्राइक भएको छैनै

संयुक्त राष्ट्र भन्छ - झूठो बोलिरहेको छ भारत, कुनै सर्जिकल स्ट्राइक भएको छैनै

Loading...

भारत र पाकिस्तान बिच अहिले एक प्रकारको द्वन्द चलिरहेको छ  । जसकारण भारतिय मिडियाहरुमा दिन प्रतिदिनै भारत र पाकिस्तान कै बिषयका समाचारहरुले शिर्ष स्थान पाइरहेको छ । उडी हमला पछिको केही दिनमा भारतका सैनिकहरुले पाकिस्तान नै घुसेर सर्जिकल स्ट्राइक गरेको भनि समाचार आएको थियो । त्यही हमलाको केहि दिनमा संयुक्त राष्ट्रले उक्त कुराको खण्डन गर्दै झुठो भएको जनाउँदै कुनै सर्जीकल स्ट्राइक नभएको बताएको छ ।

संयुक्त राष्ट्र महासचिव बान की मूनको प्रवक्ता स्टीफान दुजारिकले भनेका छन् कि संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा कुनै भिडन्त भएको देखिएको छैन । बान की मूनको प्रवक्ता स्टीफ़ान दुजारिक भन्छन्, "संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा कुनै किसिमको क्रसफायर भएको छैन । संघर्ष विरामको यो कथित उल्लंघनको बारेमा हामीलाई जानकारी प्राप्त भएको छ । प्रेक्षक दल त्यस सिलसिलामा सम्बन्धित अधिकारिहरुसँग कुराकानी गरीरहेको छ । "


बोर्डरमा UN का अधिकारीहरु रहन्छन्
संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दल भारत र पाकिस्तानको बीच नियन्त्रण रेखामा १९७१ मा लागू गरिएको संघर्ष विरामको निगरानी गर्ने गर्दछन् । यद्यपि संयुक्त राष्ट्रमा भारतको राजदूत सैय्यद अकबरउद्दीनले संयुक्त राष्ट्रको दावालाई खारेज गर्दै भनेका छन् कि कसैले देख्ने वा नदेख्नुले सत्य परिवर्तन हुँदैन ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...