यस्तो अनौठो शल्यक्रियाको तयारी, जहाँ एउटाको टाउको अर्कोलाई जोडिने !

यस्तो अनौठो शल्यक्रियाको तयारी, जहाँ एउटाको टाउको अर्कोलाई जोडिने !

Loading...

इजिङ, २० भदौ ।

मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ ।

चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । यसअघि अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो । सन् १९७० मा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।

चीनमा आगामी वर्षको सुरुवातमा मानव शीर प्रत्यारोपण गर्ने योजनाका साथ तयारी भइरहेको अधिकारीहरुको भनाइ छ । सबैकुरा सामान्य भएमा एक रुसी युवकको शीर अर्काको शरीरमा प्रत्यारोपण हुनेछ । मानव शीर प्रत्यारोपणको यो नै पहिलो घटना पनि हुनेछ ।

रुसका ३१ वर्षीय कम्प्युटर वैज्ञानिक भेलोरी स्पीरीदोनोभले आफ्नो शीर स्वेच्छिक रुपमा दान दिने घोषणा गरिसकेका छन् । उनी मांसपेशी दुर्विकास रोगका बिरामी हुन् । उनको शरीरको अन्य भागको समुचित विकास अवरुद्ध छ भने शीर सामान्य अवस्था मै रहेको छ ।

बेइजिङको हार्बिन मेडिकल युनिभर्सिटी आवद्ध अस्पतालमा इटालीका ६१ वर्षीय चिकित्सक सर्जियो कानाभेरो र अमेरिकामा रहँदै आएका चिनियाँ चिकित्सक रेन झियोपिङले शल्यक्रियाको नेतृत्व संयुक्तरुपमा गर्नेछन् ।

शल्यक्रियामा करिब ८० चिकित्सकको टोली रहने जनाइएको छ । (एजेन्सी)


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...