सिँचाइ मन्त्री गिरीले म गुण्डा पनि हुँ भन्दै यसरी थर्काए स्थानीयवासीलाई…. (अडियोसहित)

सिँचाइ मन्त्री गिरीले म गुण्डा पनि हुँ भन्दै यसरी थर्काए स्थानीयवासीलाई…. (अडियोसहित)

Loading...

दाङ, २६ भदौ।

सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका हुन् ।

अडियो रेकर्डमा मन्त्री गिरीले टेलिफोनमा कार्यकर्तासँग भनाभन हुँदै गर्दा भने- म गुण्डा पनि हुँ फेरि ।

मन्त्री गिरी र उनका कार्यकर्ता वीचको टेलिफोन सम्वादअनुसार प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई पक्राऊ गरेको र छुटाउन मन्त्री गिरीलाई आग्रह गरिएको छ ।

गिरीले आफू उनीहरुलाई छुटाउन लागिरहेको तर, डीएसपीको फोन नउठेकाले समस्या परेको बताएका छन् । उनले पटक-पटक भनेका छन्- त्यो डीएसपीले फोनै उठाउँदैन त म के गरौं यार ?

कार्यकर्ताले, ‘तपाईले यति पनि गर्न सक्नुहुन्न ? तपाईलाई जिताएर पठाएको के काम भो ?’ भन्दै असन्तुष्टि जनाएपछि जवाफमा मन्त्री गिरीले कार्यकर्तालाई भने- ‘तैँले के गर्न सक्छस् ? म गुण्डा पनि हुँ नि फेरि !’ भनेको प्रष्ट सुनिन्छ ।

तुलसीपुर नगरपालिका बटलपुरका एक थारु कार्यकर्ताले पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्ने क्रममा यो सम्वाद भएको हो ।

यसैबीच मन्त्री गिरीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । उनका स्वकीय सचिव युवराज बिसीले यस्तो भनेको बारे आफूलाई थाहा नभएको बताए ।

उनले भने, ‘मन्त्रीज्यू बिधीको शासन अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने नेता हो । कसैले कानुन विपरित काम गर्छ भने त्यस्तालाई संरक्षण गर्न हुन्न ।’
सुन्नुहोस् अडियो


अनलाइन खबरबाट- साभार


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...