भारतमा भिक मागेर गुजारा चलाउदै टीकापुर घटनाका मुख्य योजनाकार

भारतमा भिक मागेर गुजारा चलाउदै टीकापुर घटनाका मुख्य योजनाकार

Loading...

काठमाडौं, १९ भदौ । 

भारतमा शरणार्थी जीवन विताई रहेका टीकापुर घटनाका मुख्य योजनाकारक थारु नेता एवं सदभावना पार्टीका सचिव रेशम चौधरीलगायतकाहरु चन्दा संकलन गरेर गुजारा गरिरहेका छन् । 

नेता चौधरीमाथि नेपाल प्रहरीले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लगाएको छ । उनको योजनामा गरिएको भनिएको उक्त घटनामा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालक शिशुको ज्यान गएको थियो । केही दिन यता नेता चौधरीको स्वास्थ्य अवस्था पनि विग्रिएको उनले बताएका छन् । 

नेता चौधरीले आफुहरुको आर्थिक अवस्था निकै कमजोर रहेकोले साथीभाईसँग चन्दा संकलन गरेर गुजारा गर्नु पर्ने अवस्था आएको बताएका छन् । चौधरीले भने,‘मेरो सम्पूर्ण सम्पति जलाइएको छ । 

मेरो रिसोर्टबाट दुई छाक खान पुग्थ्यो त्यो पनि जलाइएको छ । एफएम पनि जलाइएको छ । अहिले लाखौंको ऋण छ । भारतमा शरणार्थी जीवन विताउँदै छु । खान पिउने ठेगान पनि छैन । 

केहिले काँही मागेर खान बाध्य छु ।’ चौधरीका अनुसार जलाइएको सम्पतिको क्षतिपुर्ति पनि नपाएकोले ऋणको ब्याज तिर्न सकिएको छैन । 

अहिलेसम्म मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएपनि ठोस कुरा नआएको भन्दै नेता चौधरीले मोर्चासँग छिटोभन्दा छिटो छिनोफानो गर्न आग्रह गरेका छन् ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...