होसियार !! अर्कैको बैंक खाताबाट लाखाै पैसा झिक्ने पोखराका दुईजना ह्याकर प्रहरीकाे फन्दामा

होसियार !! अर्कैको बैंक खाताबाट लाखाै पैसा झिक्ने पोखराका दुईजना ह्याकर प्रहरीकाे फन्दामा

Loading...

अर्कैको एटिएम बनाएर बैंक खाताको पैसा चलाएको आरोपमा प्रहरीले २ युवालाई पक्रेको छ । विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाँणा पक्राउ परेका हुन् । उनीहरुले केही महिना अघिदेखि पोखराका लेकसाइडका डिपार्टमेन्ट स्टोर्स, रेस्टुरेन्ट र होटलमा अर्कैको एटिएमकार्डबाटपैसा खर्च गरेका थिए । उनीहरुको साथबाट प्रहरीले ह्याक गर्ने मेसिन, ५ वटा एटिएम कार्ड बरामद गरेको छ ।

उनीहरुले अर्कै व्यक्तिको क्रेडिट कार्डबाट आफ्नो कार्डमा रकम सारेका थिए।उनीहरुले आठ–नौ महिनाको बीचमा करिब ५ लाख रुपैयाँ ठगी गरेका थिए । भट्टराई र बाँणाले होटलमा बस्दा र डिपार्टमेन्ट स्टोर्समा सामान किन्दाको पैसा एटिएमबाट तिर्ने गरेका थिए । ‘पसलेले सुरुमा कार्ड स्वाप गर्दाशंका गरेनन्,’ प्रहरी स्रोतले भन्यो, ‘पछि जसको पैसा काट्टियो उसैले बैंकमा गुनासो गरेपछि रहस्य खुल्यो ।’

प्रहरीका अनुसार ती युवाले सबैभन्दा पहिला बैंकमा पैसा बचत गर्नेहरु पत्ता लगाए । ह्याक गरी तिनीहरुको खाता र एटिएमको नम्बर तथा पासवर्ड अर्कै एटिएममा राखे । अर्कै त्यही एटिएम प्रयोग गरी उनीहरुले होटल र डिपार्टमेन्ट स्टोर्समा खर्च गरे ।

यस घटनाले पछिल्लो समय कास्की प्रहरीलाई नै हैरान पारेको थियो । तर पक्राउ गर्न भने सकेको थिएन । त्यस्तो ठगीको सुइँको असार ३ गते क्षेत्रीय प्रहरी कार्यालयको विशेष टोलीले पायो।ठगहरु भनिएका युवाको जस्तै हुलिया भएको र शंकास्पद मान्छे डिहिकोपाटनको एउटा होटलमा रहेको सूचना क्षेत्रीय प्रहरीले प्राप्त गरेपछि खोजी थाल्यो।

त्यसपछि क्षेत्रीय प्रहरी कार्यालयका इन्स्पेक्टर श्यामु अर्यालले विशेष टोलीका असई युवराज कार्कीलाई पुष्टि गर्न पठाए । असई कार्कीकै कमान्डमा जिल्ला प्रहरी कार्यालयका सई मेघराज गुरुङ र बैदामबाट कुलबहादुर रोक्का त्यहाँ पुगे । एकजना होटलमै थिए भने अर्का बाहिर। क्षेत्रीय प्रहरीको विशेष टोली कमान्डमा जिल्ला प्रहरी र वडा बैदाम प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीलेती दुवै जनालाई पक्राउ गरे ।

यसअघि पनि बेलाबेलामातिनै युवाले बैंक ठगी गरेको वडा प्रहरी कार्यालय बैदामस्रोतले बतायो । ‘जिल्लाबाट टोली खटिए पनि समात्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘क्षेत्रको विशेष टोलीकै सक्रियतामा काम भएको हो ।’

अनुसन्धान भइरहेको हुनाले यसबारे धेरै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता गजुसिद्धि बज्राचार्यले बताए । ‘दुईजना पक्राउ परेका छन्,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ, अरु कुरा भन्न मिल्दैन ।’ पक्राउ परेका दुईजनालाई बैंकिङ कसुर ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यसरी अरुको कार्ड ह्याक गरेर एटिमको प्रयोग गरी रकम निकाल्ने र पसललाई ठग्ने समूह काठमाडौंमा केही देखिएका थिए । तर पोखरामा भने यो घटना नौलो रहेको प्रहरी अधिकारी बताउँछन् । ‘नयाँ प्रविधिको प्रयोग गरी चोर्ने यो तरिका पोखराका लागि नौलो हो,’ ती प्रहरी अधिकारीले भने, ‘यिनीहरु पक्राउ पर्नु प्रहरी संगठनकै लागि ठूलो उपलब्धि हो ।’

यसअघि काठमाडौंमा विशेष गरी विदेशीहरुले यसरीनै ह्याक गर्ने गरेको घटना धेरै छन् । पछिल्लो समय नेपाली ह्याकरहरु पनि सक्रिय रहेको स्रोतले बतायो ।

श्रोत : समाधान


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...