भेरी नदीमा आमाको लाश जल्दै, छोरो अस्पतालमा, साठी हजार तिर्न नसक्दा अस्पतालमै बन्दी

भेरी नदीमा आमाको लाश जल्दै, छोरो अस्पतालमा, साठी हजार तिर्न नसक्दा अस्पतालमै बन्दी

Loading...

८ साउन, जाजरकोट–भेरी मालिका नगरपालिका– ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा घुँडाको अप्रेशन हुँदै थियो। घुडामा भएको ठूलो घाउको पीडा एकातिर थियो भने त्यो भन्दा ठूलो पीडा उनको जीवनमा अर्कै थियो। उनको घुँडाको उपचारकालागि अप्रेशन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो।

एकातिर आमाको मृत्युको खबर, अर्काेतिर घुँडामा असह्य पीडा । तर अहिले उनी झन ठूलो संकटमा परेका छन्। अस्पतालमा घुँडाको घाउको उपचार खर्च तिर्न नसक्दा विरु अस्पतालमै बन्दी भएका छन्। आँफूलाई सहयोग गर्ने कोही पनि नभएपछि उनी ठूलो संकटमा परेका हुन्। वुवा र आमा दुवै नभएका अति विपन्न परिवारका नेपाली घुँडामा भएको घाउको उपचारका क्रममा गत डेढ महिनादेखि काठमाडौंको शुष्मा कोइराला मेमोरियल अस्पतालमा छन्।

मजदुरी गर्ने क्रममा घुँडामा चोट लागेर ठूलो घाउ भएपछि अशक्त बनेका विरु जिल्ला अस्प्ताल जाजरकोटको सिफारिस अनुसार काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा गत जेठ २५ गते पुर्याइएका थिए। पारिवारिक अवस्था निकै दयनीय भएका विरुलाई आफन्तले चन्दा उठाएर जम्मा भएको ३० हजार रुपैयाँले काठमाडौ पुरयाइएको उनका भाइ पर्ने उदाम नेपालीले बताए।

उनलाई अस्पतालमा अप्रेसन र वेड निशुल्क गरिएको भएपनि हेरचाहमा बसेको साथी र उनको होटेलमा खाएको खाना खर्च, मेडिकलमा औषधिको विल, र अस्पतालको सेवा खर्च तिर्न नसक्दा उनी अस्पतामै बन्दी हुन बाध्य भएको उदामले बताए। उपचार सकिएर घर फर्कने बेला भएपनि अस्पतालबाटै बाहिर निस्कन ६० हजार तिर्नु पर्ने भएपछि उनी अस्प्तालवाट बाहिर आउने अवस्था नभएको उनले बताए। पैसा नभएका कारण अस्पतालमै बन्दी हुन परेपछि विरुले दिनमा चार पाँच पटक रुदै फोन गर्ने गरेको र आफू पनि विपन्न भएका कारण सहयोग जुटाउन नसकेको उदामले बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. जसवन शाक्यले आफूहरुले निशुल्क उपचार गरेको बताए। उनले भने, ‘उनको निको भएर घर जाने समय भैसकेको छैन र अस्पतालले उपचारबापत कुनै शुल्क पनि लिएको छैन।’शाक्यले फार्मेसीमा पनि पैसा तिर्न भएको बताए। क्यान्टिनमा रकम तिर्न भए अस्पताललाई जानकारी नहुने उनले बताए।

‘ मेरो यो संसारमा आफनो कोही छैन म कसरी यो अस्पतालबाट बाहिर जाउँ? गोजीमा ५ रुपौयाँ पनि छैन तिर्नु ६० हजार छ अव के गरौं’, विरू नेपाललीले रँदै नागरिकन्युजसँग भने,’सुरुमा त गाउँमा गाउँलेले चन्दा उठाएर केही सहयोग गरे अव मलाइ कसले सहयोग गर्छ?,’ उनले दुखेसो पोखे। सहयोगका लागि धेरै ठाउँमा गुहारेको तर कसैले वास्ता नगरेको उनले गुनासो गरे। ‘म ठूलो नेताको छोरो भएको भए सरकारले पनि सहयोग गथ्र्याे होला तर मलाइ कसले हेर्छ?,’ ।




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...