पोखराकी यी युवतिले आफ्नै श्रीमानलाई परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ गराउन सफल

पोखराकी यी युवतिले आफ्नै श्रीमानलाई परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ गराउन सफल

Loading...

पोखराको अमरसिंह चोकमा एक महिलाले आफ्नै श्रीमानलाई परस्त्रीसंग सम्बन्ध राखिरहेको बेला रंगेहात प्रहरी बोलाएर पक्राउ गराएकी छन्  ।

गएको शनिबार साँझ अमरसिंह चोक नजिकैको टोलमा आफ्नै श्रीमान परस्त्रीसंगै कोठामा बसिरहेका बेला ती महिलाले रंगेहात पक्राउ गराएकी हुन्  । धादिंङ घर भई हाल श्रीमती र दुई बच्चाका पिता समेत बनिसकेका ती ब्याक्ति आलु प्याजको समेत ब्यापार गर्दछन । भने सोही घर भाडामा बस्दै आएकी स्याङ्जा घर भई हाल पोखरामा रहेकी महिलाले आलु प्याजको सटर संगै रहेको अर्को सटरमा  ब्युटिपार्लर चलाउदै आएकी छन् ।

घटना अनुसार पहिले देखिनै हिमचिम रहेको उनीहरु बीचमा शारीरिक सम्बन्ध समेत भएको हुन सक्ने एक छिमेकीले नाम उल्लेख नगर्ने शर्तमा बाराही न्युज डटकमलाई बताए। महिलाको श्रीमान बैदेशिक रोजगारको शिलशिलामा देश बाहिर रहेका छन् । उनि केही समय घर आएर घटना हुनु भन्दा ४ दिन अघिमात्र घर छोडेर गएका थिए ।

नमुना तस्विर


शनिबार साँझ आफ्नो श्रीमान ती महिला संगै कोठामा बसेको सुइँको पाएपछि महिलाले नै प्रहरीलाई खबर गरेको छिमेकीले बताए । वड़ा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले कोठाबाटसंगै दुवै जनालाई रंगेहात पक्राउ गरेको थियो । भोलिपल्ट स्थानीय आमा समुहको टोली दिउसो ३ बजेतिर रामबजार प्रहरी चौकी पुगेको थियो । तर त्यो भन्दा अगाडी पुगेका ती महिलाको आफन्तले भित्र भित्रै घटना मिलाउने शर्तमा महिलाकी नाताले फुपु पर्नेले सहीछाप गरी बाहिर निस्केका थिए ।

गोपनीयताको कारण नाम, फोटो र बिस्तृत समाचार समाबेश गरिएको छैन ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...