नेपालमै हुने अनौठो संस्कार !! मृत्यु पछाडि शवलाई काटेर गिद्दलाई खुवाइन्छ

नेपालमै हुने अनौठो संस्कार !! मृत्यु पछाडि शवलाई काटेर गिद्दलाई खुवाइन्छ

Loading...

हरेक धर्म, जाति अनुसार बिभिन्न किसिमका फरक फरक संस्कृती तथा मान्यताहरु हुने गर्दछन् । जस मध्ये मानिसको मृत्यु पश्चात गरिने पारम्पारिक रितिरिवाज पनि एक हो । मृत्यु पश्चात जलाउने वा गाड्ने यो दुबै प्रकारको संस्कारबारे हामी सुन्दै आएका छौ तर मृत्यु पश्चात मृतकको शरिरलाई टुक्रा बनाएर गिद्दलाई खुवाउने प्रथा बारे हामीले नसुनेको हुन सक्छ । यो प्रथा बिशेषगरि हिमाली भेगका जो तिब्बतबाट आएका छन् ति समुहहरुले गर्ने गरेको पाइन्छ । नेपालमा पनि पहिले पहिले मनाङ, मुस्ताङ जस्ता हिमाली भेगमा यो प्रथा भएको मान्यता छ ।

त्यस्तै चाइनाको गभर्नमेन्टले तिब्बतको धार्मीक गाउँ लारुङ गर को हजारौ घरलाई भत्काउने निर्देशन दिएको छ । समुद्री सतह देखि १३,००० फीटको उचाइमा अवस्थित यह ठाउँ बौद्ध इन्स्टीट्यूटको लागि बिश्वभरमा प्रख्यात छ । यहाँ ४० हजार भन्दा धेरै बौद्ध भिक्षु र नन रहेका छन्। चाइना यसलाई ५ हजार सम्ममा सिमित गर्न चाहन्छ । यहाँको बौद्ध इन्स्टीट्यूटबाहेक अर्को एक अनौठो प्रथाको लागि निकै चर्चामा रहेको छ ।

यहाँ पनि हालसम्म अन्तिम संस्कारको लागि शवलाई काटेर खुला आकासको मुनि गिद्दको लागि छोडिन्छ । यो अवस्थामा शवको नजिक नजिकको आफन्तहरु बस्ने गर्दछन् ।  तिब्बती र मंगोलियन वज्रायन बौद्ध धर्म मान्ने गर्दछन् । यो धर्ममा आत्मा शरीर बदल्ने (ट्रांसमाइग्रेशन) हुने मान्यता राख्दछ । यसको मतलब यो हो कि मृत शरीरलाई सुरक्षित राख्ने जरूरत हुँदैन । मृत्यु पछाडीको शव उनिहरुको लागि खाली भाँडा जस्तै हो, जसलाई डिस्पोज गर्नको लागि खुला आकासको मुनि छोडिन्छ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...