स्व. राजा दीपेन्द्रका बाहीर नल्याईएका तथ्यहरु…….(पुरा हेर्नुहोस्)

स्व. राजा दीपेन्द्रका बाहीर नल्याईएका तथ्यहरु…….(पुरा हेर्नुहोस्)

Loading...

स्व. राजा दीपेन्द्रको ४५ औं जन्मजयन्ती बिशेष

रयाट्याट्ट् रयाट्याट्ट्  रयाट्याट्ट् M-16 A2 राईफल (कमाण्डो), HLC MP 5k 9mm सब मसिन गन, 9mm Uns पिस्तोल, 12 बोर SPA 12-L फ्रान्ची बे्रसीयाबाट निस्केको निर्मयी गोलीबाट नारायणहिटी दरवार अकस्मात भएको अक्रान्तबाट शान्त भयो । जनप्रिय राजा तथा उनका १० सन्तानका शरीर शिथील भयो, अन्य चार जना त्यो घटनाको कहिले नमेटीने दाग लिएर बाच्न बाध्य भए, संसार स्तब्ध भयो, नेपालीको मनमा कोलाहल मच्चियो ।
दरबारको चलन अनुसार प्रत्येक महिनाको एक शुक्रबार भेटी दुःख सुखका कुरा साटासाट गरी तथा आत्मिय कुरा गरी बसी बियालो गर्ने दिन २०५८ साल जेठ १९ गते कालो दिनमा परिणत भयो ।
यस घटनालाई लिएर बिभिन्न चर्चा परिचर्चा भयो, राष्ट्र टुक्रयाउने तथा नेपाल नवउपनिशेद राख्ने, राजनीति आफ्नो अधिनमा राख्ने शक्तिलाई सुवर्ण अवसर भयो, कयौं झुटका खेती गरेर गुजारा चलाउने राजनीतिज्ञहरुलाई प्रधानमन्त्री बन्ने भर्यागं भयो, राजसंस्था कमजोर हुने र ओरालो लाग्ने दिन गन्ती शुरु भयो भने यसको मुख्य घटनाको कारक २०२८ साल असार १३ गते जन्मिएको युवराज तथा २४ घण्टे महाराजधिराज स्व. दिपेन्द्रको थाप्लोमा आयो ।

घटना हुनुको रहस्य गर्भमा नै तुहिने अवस्था आयो ।  कति पत्रकार तथा लेखक बिचरा सावित नै भए, हावाको भरमा गोली हानेर आफनो बकवास किताव बिकाउन त सफल भए नै होलान तर त्यो समय, परिस्थिती तथा लेखलाई हेर्दा कुनै तुक नै नमिलेको देख्दा हरे राम भन्न सिवाय केही बाणी नै निस्कदैन । जनताले सही तथ्य सत्य खोजी नै रहनेछन्, जती हाम्रा नेताले बकवास खोके पनी । हग्नेलाई भन्दा देख्नेलाई लाज भने झैं हाम्रा नकच्चरा तथा निरिह नेताहरुले कुन्नी कुन कारणले होला वा कुन शक्तिले गर्दा हो, शक्तिमा आउनासाथ त्यो घटनाबारे त्यसै चुप बसिदिन्छन् । यी सरमहारा राजनीतिज्ञहरु देख्दा जनता चुप रहेर बस्न बाध्य नै भएका छन् ।

नेपालको ईतिहासमा कलंकितको धब्बा स्थापित भई विश्व नै हल्लाउने घटनाको दिन म लगायत स्वीजरल्याण्डमा बसोवास गरी बसिरहेका साथीहरु जमघट भएका थियौं । कारण एउटै थियो, आफनो धर्ति भन्दा टाढा बसिरहेका हामी जम्मा हुन पर्यो कि दाल भातको प्रोग्राम बनाउथ्यौं । हातमा स्वीस वाईनको चुस्कि लगाउदै हामी टि.भि हेर्दै थियौं, कोही दालभात तथा सितन बनाउदै थिए, अकस्मात मेरो नजर सि.एन.एनमा पर्यो, राजाको तस्विर देखियो । आवाज बन्द नै थियो । राजाको तस्विर देखिने बित्तिकै म उत्साहित भए र साथिहरुलाई टिभि नजिक बोलाए । आवाज ठूलो पारी समाचार कानमा पर्ने बित्तिकै हामी स्तब्ध भयौं । नेपालको नारायणहिटी दरबारमा गोली चलेको ब्रेकिगं न्यूज थियो । अत्यास लाग्ने खवर सुन्ने बित्तिकै मैले बुवालाई फोन लगाएर बुझने कोशिष गरे । बुवाको आफनो साथी माधव शमशेरसँग भर्खरै कुरा भएको रहेछ, खवर सत्य भएको र गोली कतिलाई लागेको र घटनामा के भएको जानकारी लिने बित्तिकै फोनमा फेरी कुरा गर्ने तय भयो । बिस्तारै घटना खुल्ने बित्तिकै मैले आफनो अमेरिकामा बसोवास गरेको भाई शितललाई खवर गरे ।

युवराज पारसको कक्षाको सहपाठी भएकाले होला उनको बारेमा सोधिहाले । मैले जँहासम्म खवर आए सम्म उनलाई केही नभएको र अरु हताहत भएको जानकारी दिए । त्यस समय नेपालको १० बजेको हुदो हो, भाईले शंकास्पद कुरा गरी हाले, कतै फेरी नेपाली जनता र कुनै फाईदा उठाउने शक्तिले युवराज पारसलाई नै दोषि देख्ने त होईन ? नभन्दै भाईको भनाई सही साबित भयो, भोलीपल्ट देखी नै बिचरा आफना शाखा सन्तान गुमाएको ब्यक्ति माथि संसार खनिन थाल्यो । आगोमा घिउ थप्ने काम मै हु भन्ने राज्यका चौथो अंगका आफनो अभिष्ट पुरा गर्ने पत्रकार, राजनीतिज्ञ, नेपाली जनता तथा नेपाललाई अस्थिर राख्ने विदेशी शक्ति तथा ब्यापारी बर्ग कुन्नी के हो कस्सेर लागे । दैबको खेल मर्ने मरेर गए, बाच्ने हजारौं दिन मर्दै बाचे । मुमा बडामहारानी सरकार त्यस घटनाको दिन देखी आजको दिन सम्म यस भाग्यको खेललाई लिएर चुपचाप सहेर बस्न बाध्य भए । सुनिन्छ उहाँ आजको दिन सम्म, खास कुरा बाहेक अरु कुनै शब्द जाहेर गर्दैनन् । एउटा आमाको मनमा कति पिडा, कष्ट, तथा दुःख भोग्न परेको होला जसले आफना त्यत्रा सन्तान गुमाए तथा आफना बचेका सन्तान माथि त्यत्रो लाञ्छना लाग्दा केही शब्द उजागर गर्न सक्दैनन् । लाग्छ, कुनै पनि मानवताको म पनी बांकी नरहेको मानवहरुको जमघट छ यो संसारमा ।

नेपालमा आफना प्यारा राजा, जनप्रेमी राजा गुमेको शोकमा नेपालीहरु शोकमा डुबेर युवाहरु कपाल मुंडन गर्न लागे, हामी उता पाकेको नेपाली जन जीब्रोको प्रीय दालभात छोडी शोकमा रक्सी र चुरोटमा डुब्यौं, यता राष्ट्र, राष्ट्रियताको बलियो जग तथा आधार बिभिन्न शक्तिको प्रोपोगाण्डामा राजसंस्था डुब्ने शुरुवात हुन लाग्यो । भ्रमको खेती गर्ने राजनीतिज्ञ तथा नेपाल अस्थिर बनाउने तत्व, विदेशी दलाल तथा विदेशी शक्तिलाई नेपालको आस्था तथा विश्वास छिन्न भिन्न गर्ने ठूलो सुनौलो अवसरको रुपमा प्राप्त भयो । भोलिपल्ट हामी साथि भाईहरु आ आफनो काममा फर्कदा विदेशीहरुले हामी नेपाली भनी बुझि सान्तवना दिन थाले । तर बिडम्बना त्यहाँ युवराज पारस र राजा ज्ञानेन्द्रको दरबार हत्याकाण्डमा हात छ भन्ने शंका यती चाडो कसरी फैलियो होला सोच्दा भाउन्न भएर आउथ्यो । एक त राजसंस्थाका अधिकांश सदस्य सिद्यिएको अर्को त्यहाँ घाईते भएका रानी कोमलका आफनै पति राजा ज्ञानेन्द्र र छोरा पारसको हात रहेको भन्दा हामी पनी यसलाई बहसको बिषय बनाएर घटनाको सत्य तथ्य बुझन प्रतिवेदन कुर्ने र त्यहाँ उपस्थित भएका चिनजानको ब्यक्तिबाट घटनाको बारे बुझने प्रयत्नमा नै रहयौं । कालान्तरमा आएर घटनाको बारे जसले जे सुकै भने पनी आफुले दीपेन्द्र सरकार बारे पाठक समक्ष जानकारी गराउने प्रयत्न गर्दैछु ।

युवराज दिपेन्दको बाल्यकाल र युवा अवस्थाः

मेरा काकाहरु, ठूलो बुवा, नातेदारहरु र साथी भाईहरुले दरबारमा शाही पाश्र्वति तथा केही न केही रुपले सेवा गर्ने मौका पाए । मेरा काका पूर्ब डिआईजिपी जो ईन्सपेक्टर हुँदा राजा बिरेन्द्रका शाही पाश्वर्ति थिए, उहाँको धेरै काम मध्ये साना युवराज दीपेन्द्रको हेरचाहमा बन्दोबस्त मिलाउने पनि थियो । काका अशोक सिंहले युवराजलाई अति नै बिद्धान, चलाख, मिलनसार तथा चकचके बच्चाको रुपमा लिन्छन् । त्रिपुरेश्वर कान्ति इश्वरी स्कूल लिन जाने, पुरयाउने, स्वीमिगं खेलाउने गर्दाले होला आत्मिय रुप देखाउथे रे । पछि शाही पाश्वर्तिको सेवा सकिएर अन्यत्र सरुवा भईसकेपछि बुढानिलकण्ठ स्कूलबाट दरबार फर्किदा बासबारी तिर कतै देखिइ हाले पनि युवराज हात हल्लाउदै जान्थे रे ।

ठूला भएर राजा बन्ने ब्यक्ति जर्साव तथा ठूला ठूला ब्यक्तिबाट स्नेह, माया पाएर होला उनी चकचके स्वभावका थिए । लाडप्यारले गर्दा होला, बच्चा अवस्थामा जो सुकै पनी चकचके त हुदै हुन्छन् । तर आफना आमा रानी ऐश्वर्यासँग चाहि अलि डराउथे रे । आमाले त स्वभाविक ठीक ठाउँमै राखेर आफनो बच्चा हुर्काएकै हुन्छन् । तर कसै कसैसँग त युवराजका त्यती मेल नखाएर नै होला साहै्र सताउथे रे । कहिले टेवल घोप्टाईदिने, कहिले टेवल माथि भएका सामान छरपष्ट गरी फाली दिने । कहिले जर्सावको गाला पडकाई दिई तोरिको फूल नै देखाईदिने । हुन त बच्चालाई को जर्साव को रिक्रुट सवै एउटै हो, बुझने भए पो । साहै्र पेलान खानेहरुले होला शायद युवराज दीपेन्द्रको नाम राक्षस राखिदिएका । युवराज निराजनलाई भलादमी भएर होला उनीलाई चाहि मानव, दीपेन्द्रलाई दानव कहाँ छ हँ भनी खासखुस गर्थे रे ।

स्कूलका सहपाठी र साथिभाई:

स्कूलका सबैका प्यारा युवराज दीपेन्द्र । पूमोरी हाउसका क्याप्टेन, जल्दा बल्दा, खेलकुदमा तगडा, जिउडाल गठ्ठे शैलिका, मनोरोञ्जन र खेलकुदमा जहिले पनि अग्रणी स्थानमा । युवराज दीपेन्द्र, युवराज पारस, युवराज निराजन तथा केही नातेदार सबै बुढानिलकण्ठमा पढ्थे । मेरो भाई युवराज पारससँग त युवराज दीपेन्द्र र मेरा भाइ एउटै हाउस पूमोरीमा । मेरो बुढानिलकण्ठ पढ्ने ठूलो ईच्छा हुदा हुदै त्यहाँको प्रिन्सीपलले भाईलाई मात्र भर्ना गर्ने, एउटै घरबाट दुई जनालाई गर्न नसकिने भनेर मलाई लिन मानेनन् । यस बारेमा बारम्बार बुवासँग कचकच भई नै रहन्थ्यो । बुढानिलकण्ठ भाइलाई भेटने निहुले हामी त्यहाँ गई नै रहन्थ्यौं । अझ मेरो आफन्त जिजुमुमा त्यहाँको स्वास्थ्य सुपरिटेण्डेन्ट भएकाले म त्यहाँ बेला बेलामा सुत्न पनी जाने गर्थे । युवराज दीपेन्द्र जहाँ पनी पुग्थे, त्यसै त्यहाँ एम.आर. सिक रुम आईरहन्थे । जहाँ मेरो उहाँ सँग जम्काभेट हुन्थ्यो । पहिलो चोटी भेटदा मेरा बिद्यालय र नाम बारे सोधे । स्कूलको नाम भानुभक्त भन्ने बित्तिकै ए भानु पो रहेछ भनेर ठाडो जवाफ दिए । रिसले पम्परा तात्यो मैल पनी बुढा भनिदिए, तर राजाको छोरासँग टक्कर लिने हैसियत थिएन, मनमनै पो भन्दिए । त्यस समय हाम्रो विरेन्द्र शील्ड तथा अन्य कार्यक्रममा एक आपसमा भेटयो भने जिस्काएर नाम राख्ने चलन थियो । युवराज दीपेन्द्र अति फरासिला, कुरा गर्ने, जिस्किने । यता युवराज पारस अलि खुरापाती, लजालु, तथ कोही कुरा गर्न आए खुलेर कुरा गर्दिहाल्ने, युवराज निराजन एक्लै बस्न रुचाउने, आफनो प्रिय हितैषी साथी बाहेक अरुसँग नखुल्ने, एकान्तप्रिय थिए । युवराज दीपेन्द्र आफनो हाउसमा जुनियरहरुलाई ठट्टा गर्ने, जोक सुनाउने, कथा हाल्ने राती बत्ति निभाईदिने काम गर्थे । उटपटयागं त उहाँको पर्यावाची नै । कहिले काहि लुकेर खानेकुरा पायो भने निराजन सरकारलाई खुवाउन आउने, कहिले काही अरुलाई पनी खुवाउने । निराजन सरकार मन लागे बाडेर खाने नभए एकान्तमा आफै कुटु कुटु खाएर बस्ने । तर दुबै भाईलाई अति नै माया गर्ने । तर म सिनियर हु भन्ने दम्भ चाहि कहिले नछोडने । एक दिन त्यहाँको हाउस टिचर मि. बर्जेसले युवराज दीपेन्द्रलाई हात छाडेछन्, स्कूलमा नै ठूलो तनाव भएछ । बिद्यार्थिहरुले बर्जेसलाई अफिस रुममा घेरा हालीहाले । युवराज दीपेन्द्रका लागि गएको सुरक्षार्थ अफिसरले हस्तक्षेप गर्न पर्यो । बिद्यार्थिको माग चाँही हुने वाला राजालाई किन हात हाल्यो भन्दा पनी एउटा बिद्यार्थिलाई कुनै किसिमको सजाय दिन सट्टा किन हात हाल्नु पथ्र्यो भन्ने थियो । कुरा जायज नै थियो ।

ईटन र त्रिभुवन युनिभर्सिटी:

म सानैदेखी वुवालाई उहाँको पर्यटन ब्यवसायमा भरथोक सहयोग गर्ने गर्थे । टुरिष्ट एअरपोर्ट देखी होटेल, काठमाण्डौं टुर तथा कहिलेकाही ट्रेकिगंमा पनि जाने गर्थे, बाउको अफिसमा टेकिगं गाईडको रुपमा काम गर्थे । एक पटक ब्रिटिसको कर्णेल आफ्नो छोरा लिएर टेकिगं गर्न आएका थिए । संयोगवस ती हट्टा कट्टा जवान त हाम्रा लोकप्रिय युवराज पढ्ने इटन कलेजमा पो पढदा रहेछन् । युवराज दीपेन्द्र भन्दा जुनियर ती ब्यक्तिले हाम्रा हुनेवाला राजाको यसरी मुक्त कण्ठले बर्णन गरे, सुनेर गर्व नै लाग्यो । उनका भनाई अनुसार हाम्रा दिवंगत युवराज अति बलिया, आर्म रेस्लिगंमा मै हु भन्नेलाई पनि हराउन सक्ने, जुडो र बक्सिगंमा अब्बल, सबैसँग मिलनसार र आत्मिय ब्यक्ति । उनले भने अनुसार युवराज जस्ता बिद्धान ब्यक्ति राजाको रुपमा पाउनु हामी भाग्यमानी हौ रे । साह्रै गर्व लाग्यो त्यो कुरा सुनेर । झन फर्केर युवराजले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत अब्बल नम्बरमा प्रथम भएको नतिजा सुन्न पाउँदा हामी नेपालीको गर्वले शिर उँचो भएथ्यो ।

मनोरोञ्जन र खेलकुद

बुढानिलकण्ठ पढाई र खेलकुदको लागी प्रख्यात । युवराज दीपेन्द्रको लागी पूर्ब इआईजीपी श्री रवीराज थापा स्पोर्टस कोअर्डिनेटरको रुपमा खटिएका थिए त्यस्तै सुरक्षार्थ पूब आर्मि चिफ गौरव शमसेर र रिटार्यड जर्साव पवन पाण्डे खटिएका थिए । उहाँले युवराजलाई बक्सिगं सिकाउने गर्थे । दीपेन्द्रलाई जुडोको पनी बहुत शोक, त्यस्तै संगीतमा पनी बिशेष चाख । बुढानिलकण्ठको स्पोर्टस डेमा उहाँ मार्चपास तथा ड्रिल गराउने क्याप्टेन । आफनो छोराको फुर्ति तथा खेलकुदमा चाख देख्दा जो कोही अभिभावकको पनी गर्वले छाती फुल्दो हो । प्रिय राजा र रानी गम्भिर भएर सबै खेलकुद नजर हुन्थ्यो ।

नेपाल स्काउट र ज्याम्बोरी

स्काउटको ईतिहासमा नेपालको त्रिभुवन विश्वबिद्यालय किर्तिपुरको प्रागंणमा सन् १९८७ मा भएको ज्याम्बोरी अति नै अविष्मरणीय भयो । त्यहाँ हामी दीपेन्द्र प्रहरी स्कूलबाट गएका थियौं भने, स्व. युवराज दीपेन्द्र, स्व. युवराज निराजन, पूर्ब युवराज पारस शाह बुढानिलकण्ठबाट तथा स्व.श्रुति सरकार सेण्ट मेरिजबाट र अन्य शाही परिवारका बच्चाहरुको ठूलो जमघट भएका क्षण हामी जनताका छोराहरुलाई एउटा रोमाञ्चीत हुने खाले नै भयो । आर्कषणका केन्द्र थिए हाम्रा प्रिय युवराजहरु र युवराज्ञी । सबै फोटो खिच्न र भलाकुसारी गर्न फुलमा मौरी झुम्या झै झुम्मिन्थे । युवराज दीपेन्द्रको पछि पछि युवराज पारस हुन्थे । हामी दीपेन्द्र प्रहरी स्कूलप्रति युवराज दीपेन्द्रको बिशेष चाह देखिन्थ्यो उनको नाममा स्थापित स्कूल जो थियो । त्यहाँ पनी उनले बिभीन्न प्रतियोगिता तथा प्रोगाममा भाग लिए, आफनो टास्क पुरा गर्ने सन्दर्भमा बाटोमा भेट हुँदा टास्क के के भयो भनेर मलाई सोधनी हुँदा जसले गर्दा बिरामी भए पनी हौसला बढथ्यो । ज्याम्बोरी सिधिए पछि थाहा भयो मलाई जण्डिस भएको रहेछ, झण्डै एक महिना घर थालियो । ज्याम्बोरीका आकर्षकका बिन्दु मध्येमा प्रिन्सेस श्रुती पनी थिए । बत्तीस लक्षणले भरिपूर्ण सौन्दर्यका खानी, मिजासिला, हसिलो मुहार, ठूला ठूला गाजलु आखा, स्वर्गबाट झरेकी परिझैं सुन्दर, सबैका प्यारी, सबैको मुखमा उहाँको नाम नै झुण्डिएको हुन्थ्यो । उहाँ आफनो सखीसँग घेराबन्दीमा हुन्थी । नशालु आखा, चटपटे तथा लजालु स्वभावका युवराज पारस भने सबै युवतीको मनमा बिराजमान भइ आफना दाई जता गयो त्यतै भागिरहेका देखिन्थे भने युवराज निराजन चाहिको अत्तो पत्तो हुन्थेन । युवराज पारसको आँखा चाहि तरुने ढल्ने खाले, नशायुक्त तर कुनै नशालु पदार्थ सेवन गरी नभई प्राकृतिक रुपले आर्कषित ।

सोम बिक्रम सिंह

तर ज्याम्बोरी हाम्रो लागी मात्रै होईन नेपाल स्काउटको ईतिहासमा पनी अती नै बिशिष्ट रहयो, संसार भरीका स्काउट जम्मा भएका थिए । त्यहाँ हाम्रा प्यारा युवराज तथा युवराजीको उपस्थितीले पनी विदेशी स्काउटका लागी एउटा उत्कृष्ट समय रहयो । त्यसमाथि दिनहु मनोरोञ्जनका कार्यक्रम तथा को भन्दा को कम भन्ने प्रतियोगितामा सहभागिताले पनि यसलाई एउटा अमुल्य तथा बिर्सन नसकिने क्षण मान्न सकिन्छ । फेरी उहाँ हाम्रो क्याम्पमा बेला बेलामा आइ हौसला दिईरहने भएकाले हामीलाई उर्जा मिली रहेको हुन्थ्यो यद्यपी त्यहाँ कुन स्कूल उत्कृष्ट हुने भन्ने एक आपस बीच प्रतिश्पर्धा थियो नै । बुढानीलकण्ठको क्याम्प बिशेष गरी अरु भन्दा भिन्न रहयो । त्यहाँ जहिले पनी मादल घन्किने र गीत गुञ्जिने गथ्र्यो । आकर्षकका केन्द्र बिन्दु युवराज दीपेन्द्र जो त्यहाँ आफै उपस्थित भई मादल घन्काई लोक गीत गाईरहेका हुन्थे भने अरुले साथ दिईरहेका हुन्थे । दोस्रो सेन्ट मेरिजको क्याम्प नजिक पुग्न जो पनी लालायीत भइरहेका हुन्थे, जहाँ आकाशबाट झरेका परी झै लाग्ने, चन्द्रमा झै उज्याली युवराज्ञीको एक झलक देख्ने लोभमा बिद्यार्थीहरु झुम्मिरहेका हुन्थे ।



रोयल ब्याच तथा दीपेन्द्रका गतिबिधी:

२०४६ सालको शाही नेपाली सेनाको अफिसर क्याडेटको २९ औं डफ्फामा युवराज दीपेन्द्र क्याडेटको रुपमा उपस्थित थिए भने ३० औं ब्याचलाई भाई टोली भनिन्थ्यो जसलाई आर्मिको ईतिहासमा रोयल ब्याच भनी नामाकरण गरिएको थियो । हुनेवाला राजाको उपस्थिती टेनिगं बिशेष रहने नै भयो । युवराज भएता पनी उनले सम्पूर्ण तालीम अरु सरह नै गर्न पथ्र्यो । प्याराजंग थापा त्यस समय खरिपाटीका कमाण्डर थिए । त्यहाँ सबै समान रुपले तालीम अगाडि बढ्थे । त्यहाँको परम्परा अनुसार भाई टोलीलाई सताउने गर्ने चलन अनुरुप युवराज दीपेन्द्रले पनी भाई टोलीलाई खुब सताउथे । बेसीकलाई सामेल गरायो, फ्रन्ट रोल, ब्याक रोल, दौडाउने, त्यस्तै तालीमलाई असर नहुने बुद्धि बिकास हुने खालका बिभिन्न किसिमको सताईने कार्यहरु नै हुन्थे । तर जब श्रुति, निराजन, राजा रानीको खरिपाटीमा भ्रमण हुन्थ्यो, सिनियरलाई आफनो आफनो रुममा र भाई टोलीलाई लाईब्रेरीमा पढन पठाईन्थ्यो रे । राजा रानीले कुनै पनि रयागिंग या सताएको क्रियाकलाप नदेखुन भन्ने मनसायले गर्दा हत्त न पत्त त्यसो गरिन्थ्यो रे । त्यहाँ हुने सबै खाले खेलकुद प्राय जसो फुटबल, स्वीमिगं, बक्सिगंमा उहाँको सहभागिता हुन्थ्यो । ड्रिल, पिटी, परेड सबैमा उहाँ भाग लिन्थे । कहिले काहि अल्छी लाग्यो भने बिरामी बहाना लिई बस्थे रे । उहाँको लागी बिशेष प्रशिक्षक खटेका हुन्थे, यद्यपी तालिमको नियम अनुरुप लोकल एक्सरसाईज क्लास सबैमा उपस्थित भई सकृय हुन्थे । पासिगं आउटको नाइट प्रोग्राममा दीपेन्द्रले आफनो बुवा मुमाको उपस्थितीमा आफै गितार बनाइ रेलीमाई रेलीमाइ गाना गाएका थिए । मनोरोञ्जनमा अति नै सौखिन जसले गर्दा उनीसँग अफिसर क्याडेट तालीम गरेकालाई र भाई टोलीलाई त्यो क्षण अविष्मरणीय रहयो । अर्को कुरा उहाँ आउटिगं विकेण्ड (घर छुट्टि), दरबारबाट खरिपाती फर्कदा रातीको खाना सबैसंग टेबलमा नै बसेर खान्थे रे । ब्यारेकको खाना त्यती मिठो नभएता पनि उहाँ दरबारको मिठो खाना टन्न खाएर आउने गर्दैनथे । तसर्थ उहाँको सबैलाई सम्मानजनक रुपले राख्ने बानी देखी त्यस समयका प्रशिक्षार्थीहरु अनौठो मान्थे तथा बिशेष हृदयदेखी नै सम्मान गर्ने गर्थे ।

हतियार र गाडी:

बिचरा राजा बीरेन्द्रलाई शायद यो हेक्का भएन होला आफुले उक्साउने र सिकाउने ब्यक्ति नै आफु र सन्तानको मृत्युको कारण हुन सक्छ भनेर । सानै उमेर देखी नै राज वीरेन्द्रको आफ्नो छोरालाई बन्दुक हान्न सिकाउने गर्थे । युवराज दीपेन्द्र दुई हातले बन्दुक चलाउन सिपालु थिए । हुन त बिशेष तालीममा प्रायः आर्मीहरुले दुबै हातले बन्दुक चलाउन सिक्नै पर्छ । यद्यपी युवराजालाई शार्प शुटरमा लिईन्थ्यो । उनी अब्बल थिए, उनले हानेको गोली बूलमा बाहेक झुक्किएर मात्र अन्य टार्गेटमा लाग्थ्यो । उनी कहिले काहि काउ ब्वाय ड्रेस लगाएर अनेक उद्यंड मच्चाउदै बन्दुक हान्ने गर्थे । सुनिए अनुसार उनी बस्र्ट फायरमा पनी बूलमा निशाना लगाउने खालका तगडा थिए । कहिले गाडी चलाएर त्यहाँबाट हतियार फायर गर्दै हिडथे । नारायणहिटी दरबारमा चराचुरुगीं तथा बिरालो मारेर हैरान गर्थे रे । खरिपाटीको ट्रेनिगं गर्दा त झन उनी भाई टोलीलाई सामेल गरी अटोमेटीक सव मसीन गनबाट लाईभ गोली बस्र्ट हानी अती नै सताउथे । बिचरा भाई टोली पनी आफनो ज्यान जोगाउन असिना पसिना भई यता उता भाग्थे रे । कोही त हात जत्रो खम्बामा ज्यान जोगाउन आड लिन्थे रे । गोलीको अगाडी त्यो जाबो खम्बाले के छेक्थ्यो तर केही नलागे पछी केही उपाय त रोज्नै परयो । मुर्खको अगाडी दैब डराउने भन्ने उखान झैं त्यस कुरामा चाहिं सबै त्रसित नै हुन्थे रे । दुईवटै हातमा बन्दुक लिई एकै चोटी चलाउदै आफुलाई रयाम्बो झै मानी हिंडने त्यो चाहि साच्चै नै अदभुत कला युवराज दीपेन्द्रमा थियो । घोड सवारीमा अब्बल उहाँ कहिले काहि आफुलाई वेष्र्टन काउ व्वाय झैं गरी बन्दुकबाट तारो हान्दै हिंडने गर्थे नारायणहिटी दरबार भित्र ।

उनी प्रायः रातो जिप्सी चलाएर हिडथे, हाल त्यो उनकै एक अंग रक्षकका दाईले चलाएर हिडने गर्दछन् । कहिले कांही त उनी एक्लै कुनै अंग रक्षक बिना दौडाएर दरबार मार्ग र पद्यमकन्या क्याम्पस अगाडी हुईक्किन्थे । खरीपाटी र दरबारमा गाडीको स्टन्ट गेरर सबैलाई मनोरोञ्जन गर्ने गर्थे । उनको गाडी हकाइ यस्तो थियो की सित्तिमित्ति उनलाई अरु गाडीले पछयाउन हम्मे हम्मे पथ्र्यो । हामी कहिले काहि गाडीको स्पिड र साईरन सुन्ने बित्तिकै युवराज दीपेन्द्रले आफै गाडी हाकी आएको अनुमान लगाउथ्यौं जुन सही हुन्थ्यो । उहाँलाई मोटर जि.पी ग्राण्ड प्री मा पठाए, सूमाखर जस्तालाई पनी पछार्थे होला, बडो डरलाग्दो हकाई थियो उहाँको । हुनत त्यस समय सडकमा अहिले जस्तो ट्राफिक हुन्थेन, न गाडी कमै गड्थे ।

हेलिकप्टर र तालिम:

युवराज दीपेन्द्रले खरिपाटीबाट आर्मि अफिसर उतीर्ण भएपछी हेलिकप्टर चालक तालिम लिन थाले । उनी नारायणहिटी दरबारबाट अधिराज्यको कुना कुनामा पुगेर दरबार फर्किन्थे । उहाँले हेलीकप्टरको ठूला ठूला मेन्टेनेन्स बाहेक चलाउने र साधारण मेन्टेनेन्सको सबै तालिम लिई सकेका थिए । कहिले काही दरबार वरिपरी हेलिकप्टर अनौठो तालले उडेको देखियो भने युवराज दीपेन्द्रले स्टण्ट गरेका हुन भन्ने सोचे हुन्थ्यो ।

प्रेम, मादकपदार्थ र लागु पदार्थ:

विश्व विख्यात कथाहरु, लेखहरु, उपन्यासहरु हेर्ने हो भने प्रेममा आधारित पाईन्छ । प्रेमको प्रतिकको रुपको ताज महल, रानी महल, लैला मजनु, रोमियो जुलियट आदि सबै प्रेममा आधारित छन् । दुःखद दरबार हत्याकाण्ड पनी प्रेम र मादक तथा लागु पदार्थसँग जोडिएको छ । अजव प्रेम कि गजब कहानी भने झैं दीपेन्द्र सरकारको प्रेम कहानी पनी बडो चाख लाग्दो छ ।

बच्चामा क्युट, यौवन अवस्थामा लोभलाग्दो जिउडाल र रसिलो मिजासका ब्यक्तिप्रति जो कोही युवती आर्कर्षित नहुने कुरै भएन । दरबार सधै सजग रहन्थे कतै देशका हुनेबाला राजा नबरालिउन भनेर । ज्याम्बोरीमा पनी उनीप्रति केटीहरु नजिकिन प्रयास गर्ने गर्थे । मेरो ब्रिटेनको साथी इटन कलेजको युवराज दीपेन्द्रको जुनियरको भनाई अनुसार उनी त्यहाँ यती प्रख्यात थिए कि सबै दीपेन्द्रलाई चाहन्थे । रहल पहल जति मात्रै अरुको भागमा पथ्र्यो रे । मेरा साथी आफै यती हयाण्डसम, अग्ला, जिउ सर्लक्क मिलेका थिए उनले हाम्रा युवराजको बखान गरेको सुन्यो भने पत्यार लाग्थेन तर ब्रिटेनका तरुनीहरु युवराजको फिदा हुन्थे रे । गोरा केटीहरुको घेरामा हाम्रा युवराज आफनो ब्यवहार अनुसार हसी मजाक गरीरहेका हुन्थे रे । शायद युवराजको जिउडाल तथा फरासिलो ब्यवहारले केटीहरुलाई आर्कषित गरेको होला । त्यहाँ उनले रक्सी खान थाल्यो भने उनका अगाडी मै हु भन्ने जडिया पनी टेबलमा ढली सकेका हुन्थे रे भने हाम्रा युवराज रक्सीलाई पनि पानी झै पचाएर बसेका हुन्थे रे । गाडी खोल्ने बित्तिकै पछाडी डीक्की भरी त थरी थरीका रक्सी बारमा झै सजाईएका हुन्थे रे । पछि उनलाई ड्रग्स सेवनको लाञ्छना पनी नलागेको होईन । रक्सी खाएका समयमा त्यहा आर्म रेस्लिगं हुन्थ्यो रे, उनलाई जित्न मै हु भन्ने पनि भ्यागुत्ता पछारिएझैं पछारिन्थे, अनी गीत, मनोरोञ्जन गर्न थाले पछी त्यहाँको तरुनीहरुले वाहवाही गर्थे जसले गर्दा अरु केटाहरु डाहले छटपटाउथे ।

आफनो देश फर्किएपछी जब उनले त्रिभुवन विश्वबिद्यालयमा भर्ना भए तब उनी दरबारमार्गमा बरालिएर हिडेको देख्न सकिन्थ्यो । कहिले गाडी लिएर पद्यमकन्या क्याम्पस अगाडी ठीटीहरुलाई साईड हान्न गएका हुन्थे । युवराज्ञी श्रुती पढ्ने क्याम्पसमा समय समय गाडीमा गई त्यहाँ तरुनी हेर्न जान्थे भन्ने गर्थे ।

भनीन्छ, उहाँ तरुनीको मामलामा बहुत कमजोर थिए । खरीपाटीमा तालिममा हुदा उहाको नीजि पाश्र्वतिले कफीनमा तरुनी सम्लाई गर्थे रे । त्यस्तो त राती राती नारायणहिटी दरबारमा पनी त्यसरी नै तरुनी उहाँको लागी पुरयाउनै पथ्र्यो रे । जे होस खरिपाटीमा तालिम गर्ने त्यस बेलाका ब्याची र भाईटोलीले स्ंवय युवराज दीपेन्द्रलाई कफीन मरी मरी घिसारेको पनी देखेका थिए भलै त्यस भित्र कुन बस्तु छ यकिन गर्न सक्थेनन् तर विश्वासका साथ भन्छन त्यसभित्र युवती नै हुनुपर्दछ । रक्सीका सौखिन युवराज दीपेन्द्रलाई अति छाडा छोडन हुन्न भनी कहिल काही अ.प्र.प्र सेनापती कटवाल साहेवले खरीपाटी गएका बेला बिचार बिर्मश गर्ने गर्थे रे । त्यहाँ भएको पार्टि बारमा अरु प्रशिक्षार्थीलाई बन्देज भएपनी उनलाई नहुनुमा त्यस समय अली खुकुलो भयो क िभन्नेहरुले उहाँलाई छाडा छोडदा पछि पुग्ने असरलाई मुल्याकंन गर्नुपर्छ भन्ने कुरा मननयोग्य पनी हो ।

दरबारमा हुने कार्यक्रम तथा जमघटमा युवा पुस्तालाई त्यसरी छाडा छोड्नु हुदैन भन्ने बेला बेलामा आएका अभिब्यक्ति मननयोग्य थिए । ठूला बडाको अगाडी केही गर्न नहुने उनीहरुले नदेख्ने गरी छाडा छोडिनु दरबारको ठूलो भूल थियो । पिठ्यु पछाडीको कुरालाई दरबारले आखा चिम्लनु दिपेन्द्रका छाडा गतिबिधीले थप पश्रय पाउने आधार बन्यो । भित्र जुनसुकै कार्यक्रममा लागु पदार्थ तथा मादक पदार्थ सेवनलाई नियन्त्रण गर्न नसक्नु अभिभावकको ठूलो गल्ती थियो । हुन त अहिलेका प्रत्येक घरमा युवा वर्गलाई लिएर अभिभावक तथा समाज चिन्तीत छन् । आफ्नो छोरा बरालिएला, बिग्रिएला, नराम्रो कुलतमा फस्ला भन्ने कुरालाई लिएर समाज आक्रान्त छ । लागु पदार्थमा फसेको घरमा नियाल्ने हो भने ती घरको अवस्था अत्यन्त चिन्ताजनक छन् । कति रिहयाबमा लगेर सुधारिएका छन् भने कतिलाई जति सुधारकेन्द्रमा राखे पनी अहिले जमानामा ढुंग्रा नै बांगो गर्ने प्रबृतिले संसार निराशमय छ ।

दरबार हत्याकाण्डको प्रतिवेदन अनुसार त्यस समयमा युवराज दीपेन्द्र गाजा र नाम नखुलेको कालो पदार्थ, रक्सी सेवन गरी होसमा थिएनन् । हुन त उहाँको अति नै प्रीय रक्सी खुकुरी रम भएता पनी त्यस समय उनले फेमस ग्राउच लिएका थिए भने उनका मन पसन्दिता चुरोट शिखर लिएका थिए । उनका बारे बिदेश देखी नेपाल सम्म लागु पदार्थको मोह बारे हल्ला पनि चलेकै हो । ब्रिटेनमा पनी उनी एक पटक यस कुराले बदनाम भईसकेका थिए ।

देबयानी भन्दा अगाडी उनले सुप्रियालाई भेटिसकेका थिए । सुप्रिया शाह मुमा महारानी सरकारकोमा निजी सचिव हुनु भन्दा पहिले आर्मी कलेजमा पढ्ने गर्थिन । उनी त्यहाँ हुँदा युवराज खरीपाटीको तालीममा थिए । म कहिलेकाही मेरो साथी भेटन आर्मि कलेज भक्तपुर जादा युवराज दिपेन्द्र आफ्नो प्रिय साथिलाई भेटन आउने गर्थे त्यही रातो जिप्सीमा साइरन बजाउदै अनी हामी लुक्ने गथ्र्यौ कतै अगाडी परिएला कि भनेर । त्यस बेलाको समय हाम्रो संस्कार अनुसार त्यसै नबोलाएका समयमा अगाडी पर्न हुन्न भन्ने मान्यता थियो । उनी आफनो भलाकुसारी गरेर फर्कि हाल्थे भने हामी त्यस बिषयलाई लिएर चर्चा परिचर्चा गथ्र्यौ । मेरो साथी पनी सुप्रिया शाहको अभिन्न मित्र भएकोले कहिले काही युवराज दिपेन्द्र र सुप्रियाको डेटिगंमा कवाफको हड्डि बन्न सुवर्ण अवसर पाउथे रे । आत्मीय साथीलाई उनीले कुराहरु सेयर गर्थिन रे । युवराजले संगै जाँदा के गर्दै, कसो गर्दै छौ भनी सोधनी हुन्थ्यो रे । मेरो साथीलाई कलाकारितामा शोख तथा आफु फिल्म लाईनमा लाग्ने प्रयास गरेको बताईदिएछन् । उनले त्यसमा समर्थन गर्दै निरन्तरता दिन सुझाव दिएछन् ।

त्यस समय सुप्रियाले भन्ने गर्थिन रे स्व. दीपेन्द्रले अचम्म अचम्म ब्यवहार गर्थे रे । सुप्रियाले मुमा सरकारलाई पनी जानकारी दिए अनुसार दीपेन्द्रलाई डाक्टरसँग परामर्श पो गराउनु पर्छ की ? धेरै अनौठो ब्यवहार गर्ने उनि एकदिन आएर सुप्रीयाको अगाडी बग्रेल्ती आशु चुहाएर हवा हवा रोएछन र उनीसँग आफुले देबयानीलाई बिवाह गर्ने तर सुप्रियालाई नै रानीको पदवी दिएर उनको छोरालाई नै राजगद्यी दिने बाचा गरेछन् । सुप्रियाले त्यसमा केही छैन भन्ने सहमती दिएपछी अकस्मात दीपेन्द्र उठी आशु पछदै, अंग्रेजीमा मेरो अभिनय कस्तो लाग्यो त भनी केही नभएको जस्तो गरी ब्यवहार देखाएछन् । यस्ता अनेकौं अचम्मका ब्यवहारले गर्दा र अरु धेरै नै कारणले गर्दा दीपेन्द्रमा केही परिवर्तन सबैले महशुष गरी नै रहेका थिए । उनले मोटो सिक्रिमा चीलको नंग्राको लकेट झुण्डयाएर हिडने गर्थे । सुप्रियाले एकदीन यस बारे जानकारी माग्दा यो मलाई देबयानीले उपहार दिएको हो भन्थे रे । देबयानीसँग स्वं दीपेन्द्रको प्रेम सम्बन्ध भएपनी देवयानीले मेरो प्रेम हो भनेर पहिले स्विकारेको देखिदैन । देबयानीको स्व. दीपेन्द्रसँग सच्चा प्रेम थियो कि थिएन वा केही फाईदाको लागी मात्र हो भन्ने कुरा बिचार योग्य नै छ । दरबार हत्याकाण्ड हुने बित्तिकै देवयानीले विवाह गर्नु, यद्यपी विवाह सफल नभएको सुनीन्छ भने उता सुप्रिया विवाह नै नगरी अमेरिकामा वसोवास गर्नुले के सच्चा प्रेम दीपेन्द्र र सुप्रीयाको थियो ? हामीले मनन गर्ने बिषय हो कि जस्तो लाग्छ ।

केटी र रक्सीको लतमा स्व. दीपेन्द्र जती नै फसे पनी उनले आफनो बहिनीलाई यौवन अवस्थामा धेरै नै माया तथा सहयोग पुरयाउथे । ज्याम्बोरी सिधीएपछ श्रुति सरकारले कुनै केटालाई मन पराएको हल्ला गाईगुई नसुन्निएको पनि होईन । एकजना बुढानिलकण्ठमा पढने भाई हाम्रो घरमा मेरो भाईलाई भेटन आई नै रहन्थे । हामीसँग बिशेष सम्बन्ध थियो । उनी हेर्दा अती नै राम्रा, गोरा तथा अग्ला थिए । पछि थाहा भयो त्यो बजारको हल्लाको पात्र उनी नै रहेछन् । तर दुई बीच प्रेम भन्दा पनि मित्रवत सम्बन्ध रहेछ । स्व. दीपेन्द्र फोन आफु घुमाई ती केटासँग आफनी प्यारी बहिनीसँग कुरा गराईदिदा रहेछन् । घण्टौ सम्म दुई जनाको जिन्दगीको बारे तथा मीठा मीठा सपनाको कुरा हुँदो रहेछ । स्व. दीपेन्द्रले श्रुती सरकारलाई आफै गाडीमा राखी उनको साथीसँग भेट गराईदिदा रहेछन् । घरमा मुमा रानी ऐश्वर्या रिसाउँछन र थाहा पाउछन भनेर फेरी छिटो छिटो श्रुतीलाई दरबार फर्काईदिदा रहेछन् । वास्तवममा श्रुती सरकार र ती भाइ बिचको सम्बन्ध एउटा सच्चा मित्रमा मात्र सिमित भयो । २०५८ जेठ १९ गते रातीको दुर्घटनाले दुई मित्रको सम्बन्ध पनि त्यही समाप्त भयो । क्रमशः…………………

 (लेखको बाकी अंश असार १८ गते शनिवार र असार २३ गते बिहीवार प्रकाशन हुनेछ ।)
singhsom@hotmail.com

स्रोत : सेतो परेवा


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...