महिलालाई जबरजस्ती तानेर लगी रेप गरियो जुन भिडियो कैद भयो सिसिटिभीमा (भिडियो)

महिलालाई जबरजस्ती तानेर लगी रेप गरियो जुन भिडियो कैद भयो सिसिटिभीमा (भिडियो)

Loading...

भारत पन्जाबको मुक्तसरमा दिनदहाडे एक महिलालाई उनको अफिसबाट अपहरण गरि रेप गरेको घटाको आरोपीलाई पुलिसले गिरफ्तार गरेको छ । जुन गिरफ्तारी शनिवार (आज) गरेको छ।

अपहरण र रेपको यो घटना २५ मार्चको हो । जब २४ बर्षीय महिलालाई उनकै अफिसबाट जबरजस्ती अपहरण गरिएको थियो । तर लगभग १ महिना पछि शुक्रबार सोहि घटनाको भिडियो फेला पारेपछि भने पुलिसले उक्त घटनाका अपराधी लाई शनिबार पक्राउ गर्न सफल भएको छ । जुन भिडियोमा एक व्यक्तिले महिलालाई जबरजस्ती तान्दै लैजादै गरेको देख्न सकिन्छ । नजिकैको एक दुकानमा राखिएको सिसिटिभिमा उक्त घटनाको भिडियो रेकर्ड भएको थियो ।


सिसिटिभिको फुटेजमा अपराधीको अनुहार स्पष्ट देखिरहेको थियो

यो भिडियो फुटेजमा महिलालाई एक व्यक्तिले जबरजस्ती तानिरहेका छन् भने उक्त महिला आँफूलाई छुटाउने कोशिस गरिरहेकी छन् र मद्दतको लागि चिच्याईरहेकी छन् । यसमा आरोपी व्यक्तिको अनुहार पनि निकै स्पष्ट देखिएको छ ।



जब यो घटना भइरहेको थियो आसपास मानिसहरु र गाडिहरु हिंडिरहेको थियो तर कसैले पनि उक्त महिलालाई मद्दत गर्न आएनन् । पछि महिलाले पुलिसलाई बताइन् कि जो व्यक्तिले उनको अपहरण गरे पछि उनलाई एउटा फार्महाउसमा लगेर रेप गरेको र अर्को दिन उनलाई छोडिएको बताएकी थिइन् । पुलिसका अनुसार आरोपी व्यक्ति र महिला एउटै गाँउको भएको र उक्त अपराधीले महिलालाई चिनेको बताएका थिए । हेर्नुहोस् भिडियो





Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...