फेसबुकको फेक आईडी बनाएर अस्लिल म्यासेज पोस्ट गर्ने सारदा कुँवर पक्राउ

फेसबुकको फेक आईडी बनाएर अस्लिल म्यासेज पोस्ट गर्ने सारदा कुँवर पक्राउ

Loading...

फेसबुकमा फेक आइडी बनाएर अश्लिन सन्देश प्रवाह गर्नुको साथै फोटो समेत अपलोड गरी चरित्र हत्या गर्ने पर्वत जिल्लामा एक युवति प्रहरीको फन्दामा परेकी छिन् । पर्वत जिल्लाको खौलालाकुरी वार्ड नं. १ चनौटे बस्ने अन्नपुर्ण उच्च मावि कार्कीनेटामा अध्ययनरत १९ बर्षिया सारदा कुँवरलाई प्रहरीले विधुतिय कारोवार अन्तर्गतको केही सार्वजनिक अपराध अन्तर्गत पक्राउ गरी आवश्यक कारवाहि अगाडी बढाएको छ । उनले लगभग १ वर्ष देखी पर्वतकै पाङराङमा बस्ने २० बर्षीय कुश्मा कुमारीको फोटो राखेर ‘सोनि काली सुसिला’ नाम दिइएको फेक फेसबुक आईडी बनाएर चलाइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार फेक एकाउण्टवाट बिभिन्न व्यक्तिहरुसँग कुश्मा कुमारी बनेर अश्लिल कुराहरु गर्ने र कुश्मा कुमारीकै तस्विरहरुलाई परिचित तथा अपरिचित व्यक्तिहरु सँग जोडेर नकारात्मक सन्देशहरु पोस्ट गर्ने तथा धम्काउने कार्य समेत गर्दे आएकी थिइन् । प्रहरीका अनुसार पिडित कुश्मा कुमारीले चैत्र २८ गते जिल्ला प्रहरी कार्यालयमा फेक आईडी बनाइ चलाउनेका बिरुद्द उजुरी दर्ता गराएकी थिइन् । पिडितको उजुरी पछि कार्यालयका प्रहरी निरीक्षक दिपक पातलिको कमाण्डमा अनुसन्धान टोली खटिई कार्यालयमा रहेका प्रबिधिको प्रयोग गरि अपराधि सम्म पुग्न सफल भएको थियो । सोहि अनुसन्धानको आधारमा शुक्रवार गते उक्त घटनामा संग्लन रहेको आंशकामा निज शारदा कुवरलाई पक्राउ गरी कार्यालमा ल्याई थप आवश्यक अनुसन्धान गर्दै जाँदा उक्त घटनामा निज शारदा कुवर नै संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निज शारदा कुँवरले जिल्लाको पर्वत थापाठाना वस्ने सुवर्ण पौडेललाई विगत १ बर्ष देखी मन पराईराखेको र सुवर्ण र पिडित कुश्मा कुमारी नजिकको साथि रहेको हुनाले आफुलाई ति दुई जनाको सम्वन्धलाई विगार्ने तथा वदलाको भावनाले उत्प्रेरित भई निजहरुको सम्वन्धमा फाटो ल्याउने र कुश्मा कुमारीलाई समाजमा हेर्ने दृष्टिमा नै वदनाम गराउने उदेश्यले उक्त कार्य गरेको पुष्टि भएको छ । फेसवुक जस्तो सामाजिक संजालमा कसैको चरित्रसंग रहेर निजहरुको व्यक्तिगत, सामाजिक तथा पारिवारिक तनावका विच रहन वाध्य वनाएको हुँदा निज शारदा कुँवरलाई थप अनुसन्धानको लागी विधुतिय कारोवार संचालन अन्तर्गत केही सार्वजनिक अपराध मुदा दर्ता गरी आवश्यक थप अपराध अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...