विवाहकै दिन श्रीमतीको हत्या, कारण चाँहि यस्तो अनौठो...

विवाहकै दिन श्रीमतीको हत्या, कारण चाँहि यस्तो अनौठो...

Loading...

पाकिस्तानको जकोबबादमा यस्तो घटना घटेको जसको तपाई कल्पना सम्म गर्न सक्नुहुन्न । एक युवाले आफ्नो १९ बर्षीय श्रीमतीलाई विवाह गरेकै दिनमा हत्या गरेका छन् । आखिर उनले के कारणले आफ्नो श्रीमतीको हत्या गरिन् भन्ने कारण थाहा पाउनुभयो भने अझ तपाई अचम्ममा पर्नुहुन्छ । किन भन् उक्त युवाले आफुले बिहे गरेकी युवति विवाह अगाडीनै अरुसँग यौन सम्बन्ध बनाएको भन्दै हत्या गरेका हुन् ।

अपराधी २८ वर्षका क्वालान्दर बकस खोखरले आफ्नै भतिजी पर्ने १९ वर्षकी खान्जानी लशारीलाई बिहे गरेर सुहागरातमै हत्या गरेको बताइएको छ । विचरी ती किशोरीले भर्जिनिटी नभएको अभियोगमा बिहेकै रात बेहुली पहिरनमै आफ्नै लोग्नेबाट ज्यान गुमाउनु परेको छ । धुमधामसँग बिहे गरेर छोरी अन्माएका खान्जानीका बुवाले अर्को दिन छोरीलाई लिएर ज्वाइँ ससुराल आउँछन् भन्ने आशामा बसेका थिए । तर छोरी ज्वाइँ नआएर शंका लागेपछि उनी छोरीको घरमा पुगे । त्यहाँ कसैलाई पनि नदेखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीले घरकेा ढोका तोडेर भित्र छिरी हेर्दा खान्जानीको शव पलंगमै लडिरहेको देखे । क्वालान्दर भने फरार भैसकेको थियो ।

खन्जादीका दाजुले हत्यारो ज्वाइँ क्वालान्दर र उसका ४ दाजुभाइ विरुद्ध आफ्नो बहिनीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरे । प्रहरीले बेपत्ता भएको क्वालान्दरलाई अन्ततः फेला पार्न सफल भयो । उसले प्रहरीबाट बच्नका लागि आफ्नै तिघ्रामा गोली हानेको थियो । प्रहरी समक्ष उसले श्रीमतीको हत्या गरेको स्विकार गरेको छ । आफुलाई बेहुली भर्जिन नरहेको शंका लागेपछि सुरुवालको तुनाले घाँटी थिचेर मारेको अनि भागेको उसको भनाई छ । आखिर घटना कसरी भएको रहेछ हेर्नुहोस् भिडियो ।







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...