एक ५ बर्षीय बालक जसका कुराहरुले बैज्ञानिकहरु पनि तर्सीन्छन्

एक ५ बर्षीय बालक जसका कुराहरुले बैज्ञानिकहरु पनि तर्सीन्छन्

Loading...

भारत उत्तर प्रदेशको शाहबाद तहसील क्षेत्र गाउँ तारापुरमा एक ५ बर्षका बालकको कुराहरुले बिश्वका ठूला ठूला बैज्ञानिकहरुलाई नै आश्चर्यमा परेका छन् । किनभने ति ५ बर्षीय बालकका एक श्रीमती र तिन छोराछोरी छ भन्दा जो कोहिलाई पनि आश्चर्य लाग्न सक्छ । यदि तपाई पूर्व जन्ममा बिश्वास गर्नुहुन्छ भने यि बालकको पूर्व जन्म भएको बताइएको छ । खबरका अनुसार, ५ बर्ष महिला लालाराम यादवको घरमा जन्मीएका राजेश ३ बर्षकै उमेर बाट आफ्नो एक श्रीमती भएको बताउने गर्थे । पहिले त सबै जना बच्चाले त्यतिकै भनेको सोची बेवास्था गर्ने गर्दथे । जब उक्त बालक ५ बर्षका भए तब उनले गाउँभरि त्यहि पुरानो कुराहरु दोहोर्‍याउन थाले ।

५ बर्षीय राजेशले नै उनको एक श्रीमती र ३ छोराहरु भएको कुरा बताउँथे । त्यतिमात्र नभइ आफ्नो पुरानो घर देखि लिएर उनको हत्या सम्मका सबै कुरा बताउने गर्दथे । उक्त बालकले भनेको कुरा र आफूले चिनेको एक परिवारको कथा एउटै लागेपछि एक व्यक्तिले तारापुर गाउँबाट १५ किलोमिटर टाढा खरसोल गाउँमा बस्ने लक्ष्मी देवीलाई उनको पति (विशम्बर सिंह)  जिउँदै भएको र अर्को जन्म लिएको कुरा बताए । लक्ष्मीको पतिको मृत्यु २०१० मा गाउँकै कोहि अज्ञात समुहले गोली हानेर हत्या गरेका थिए । आफ्नो मृत्यु भन्दा अगाडी उनले गाउँमा ठेलागाडीमा पकौडा बेच्ने काम गर्दथे ।



जब लक्ष्मी आफ्नो छोराहरुको साथमा ५ बर्षीय बालक राजेशको घरमा पुगे तब राजेशले उनलाई पत्नी र साथमा गएका केटाहरुलाई आफ्नो छोराहरु भएको बताए । त्यसपछि राजेशलाई उनको पहिलो जन्म भएको भनिएको घरमा पुर्‍याइयो । त्यहाँ राजेशले आफ्नो घर स्वयं पहिचान गरेका थिए । यो अनौठो घटनाले आजको यो आधुनिक युगमा पनि यस्तो पुनर्जन्मको कुराको यस्तो घटना सुन्दा बैज्ञानिक तथा विश्वास नलाग्नेहरुको लागि भने प्रश्न नै बनेको छ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...