नेपालमा बन्ने भयो संसारकै दोश्रो अग्लो बञ्जी जम्प गरिने पुल..

नेपालमा बन्ने भयो संसारकै दोश्रो अग्लो बञ्जी जम्प गरिने पुल..

Loading...

नेपालमा धेरै अग्ला अग्ला पुलहरु र बज्नी जम्प बनेको धेरै समय भैसकेको छ । पोखराको ह्याम्जामा पनि केहि समय अगाडी बन्जी जम्प खेलको शुरुवात गरिएको थियो । त्यस्तै नेपालको अग्लो पुलहरु भएको जिल्ला पर्वतलाई चिन्निन्छ । अब पनि त्यही पर्वत जिल्लाको सदरमुकाम कुश्मामा एसियाको पहिलो र बिश्वको दोस्रो अग्लो स्थानको बज्जी जम्पको लागि पुल निर्माण हुने पक्का भएको छ । पर्वतको कुश्मा र बागलुङको बलेवालाई जोड्न र यस क्षेत्रलाई पर्यटन गाउँका रूपमा बिकास गर्ने उद्देश्यले कुश्मामा संचालन गर्न लागिएको उक्त पुलको शनिवार बिधिवत रुपमा शिलन्यास भएको हो । बञ्जी सँगै कुस्मा पारि भएको बलेवा क्षेत्रमा लगभग २० रोपनी क्षेत्रफलमा अत्याधुनिक र सुविधा सम्पन्न रिसोर्ट समेत संचालन गरिने छ । उक्त रिसोर्टमा स्वीमिङ पुलस स्टिम वाथ र अति स्तरीय एवं अत्याधुनिक कोठाहरू निर्माण गरिनेछ ।

डेमो तस्विर



यो निर्माण सम्पन्न भएपछि नेपाल राष्ट्रकै गौरवको बिषय हुनेछ र यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्शीत गर्नेछ । उक्त बञ्जीका लागि करिव ११ करोड देखि १२ करोड रूपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ ।

बन्जीका लागि पुलको शिलन्यास गरिदै

तस्विर : धौलागिरी अनलाईन


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...