प्रहरीको सोधपुछका क्रममा बेहोस भई आसीयूमा, प्रत्युषाले मलाई बोलाईन् भन्दै बर्बराए..

प्रहरीको सोधपुछका क्रममा बेहोस भई आसीयूमा, प्रत्युषाले मलाई बोलाईन् भन्दै बर्बराए..

Loading...

भारतिय टेलिभिजनको फेमस एक्ट्रेस प्रत्युषा बनर्जीले मुम्बई स्थित आफ्नो घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन् । प्रत्यूषाको मृत्यु पछि भने उनको ब्वाइफ्रेण्डसँग पुछताछ गरिरहेको छ । पुछताछकै क्रममा सास लिन गाह्रो भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ । जहाँ राहुलको हालत गम्भिर भएको बताइएको छ । डाक्टरका अनुसार यदि राहुल ईसीयूबाट बाहिर निस्किएनन् भने ब्रेन हेमरेज पनि हुन सक्ने जनाएका छन् ।

राहुल राज सिंहको पिता हर्षबर्धनले मिडियासँग कुराकानी गर्दै भनेका छन् कि, म माफि माग्न आएको छु । म धेरै दुखी छु कि मेरो छोरी जस्तो बुहारीको मृत्यु भयो । मेरो छोरा मृत्युको मुखमा छ र निधन भैसकेकी बुहारीको आत्माको शान्तिको लागि प्रार्थना गर्दछ । राहुल राजको स्वास्थ्य खराब भएको र डाक्टरका अनुसार आइसीयूबाट बाहिर ननिस्किएमा उनलाई ब्रेन हेमरेज हुने कुरा पनि जनाएका थिए ।

त्यसै क्रममा राहुलका आफन्त शायला चड्डाले बताए कि राहुलको स्वास्थ्य स्थिति ठिक छैन । अहिले आइसीयूमा छन् । पटक पटक प्रत्युषालाई याद गरिरहेका छन् । राहुल होसमा छैनन् तर जब होसमा आउँछन् उनले आफूलाई प्रत्युषाले मलाई बोलाइरहेको छ भन्छन् ।



वास्तवमै राहुललाई प्रत्युषाको मृत्युपछि बिभिन्न किसिमका आरोप लागेको छ । प्रत्युषालाई कुटपिट गर्ने सम्मको आरोप लगाइएको छ । कुनै पुरुषले महिलालाई कुटपिट गरिरहेको छ भने त्यहि समयमा किन कसैले केही बोलेन । जब मृत्यु भयो तब मात्र यस्तो उस्तो भन्ने कुरा किन आउँछ भन्दै शायला चड्डाले आक्रोस पोखेकी थिइन् ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...