लिक भयो कंगनाले ऋतिकलाई लेखेको इमेल, के के लेखेकी थिइन् हेर्नुहोस्

लिक भयो कंगनाले ऋतिकलाई लेखेको इमेल, के के लेखेकी थिइन् हेर्नुहोस्

Loading...

कंगना रनौट र ऋतिक रोशनको बिवाद सर्वव्यापी भएको छ । यसै सम्बन्धमा एउटा नयाँ कुराको खुलासा भएको छ । केहि इमेलहरु बाहिर आएका छन् । जसमा यि दुई जोडीको इमेलहरु छन् । पछिल्लो समयमा ऋतिकले साइबर क्राइम इन्वेस्टिगेश सेल लाई यो इमेल सबुतको रुपमा सुम्पेका थिए । यो इमेलमा कंगनाले यति सम्म लेखेकि छन् कि यदि तिमीले कुनै दिन तिमी मलाई मन पराउँदैनौ भन्ने कुरा गर्यौ भने म यो डरलाग्दो परिस्थितीबाट कसरी छुटकारा पाउन सक्छु । जस्ता कुराहरु लेखेकी छन् ।

ऋतिकको वकिल दिपेश मेहताले पछिल्ला दिनहरुमा मुंबई पुलिसको साइबर डिवीजनलाई ४० एडिशन इमेल सबुतको रुपमा पेश गरेका थिए । मेहताका अनुसार कंगनाले यो सबै इमेल ऋतिक को उनको सक्कली ईमेल एड्रेसमा २४ मे २०१४ पछि पठाएकी हुन् । एक अंग्रेजी अखबारका अनुसार यो इमेलहरुको फरेन्सिक जाँच भैसकेको छ ।

कंगनाले पठाएको इमेल
१७ अगष्ट २०१४
कहिले काँहि म हर कुरालाई लिएर अनश्योर महसूस गर्दछु । के बास्तवमै हामी बिच मायाँ छ या यो मात्र फ्यान्टेसी हो ? के हाम्रो मायाँ रियल हो या त म कुनै इमेजनरी मानिससँग कुरा गरिरहेको छु । तिमी म सँग कहिलेपनि किन कुरा गर्दैनौ ? के हुन्छ यदि एक दिन म तिमीसँग भेट्छु र ति म सँग भन्छौ कि म तिमीलाई मायाँ गर्दीन तबको समयमा म के गर्छु? के म त्यो भयानक अवस्थाबाट निस्कन सक्छु  ?

केहि दिनपछि
तिम्रो गित निकै राम्रो छ । मैले त्यसलाई दुईपटक हेरे । आशा गर्दछु मैले जे लेखे त्यसको बारेमा तिमी नराम्रो नमान्नु । म माफी माग्छु यदि तिमिलाई नराम्रो लागेमा । म ज्यादै दुखी छ हामीहरु कुरा गर्दैनौ । मलाई एसपरजर्स सिन्ड्रोम छ । म यसलाई लिएर निकै तनाबमा छु । यदि तिमिलाई समय मिल्यो भने पढ्नु । मो यो सिन्ड्रोमको ९८ प्रतिशत शिकारमा परिसकेको छु ।

३ सेप्टेम्बर २०१४
तिमीलाई यो तरिकाको इमेल पठाउन र त्यसको कुनै जवाफ नमिल्नु मेरो लागि ज्यादै मुस्किल छ ।

४ अक्टोबर २०१४
म बिहान उठ्नसाथ पहिला तिमिलाई गुगलमा खोज्छु । तिम्रो नयाँ तस्विर, तिम्रो बारेमा भएका समाचारहरु, तिम्रो कुनै इन्टरभ्यू खोज्ने कोशिस गर्दछु । ताकि आफ्नो दिन शुरु गर्न सकुँ । मलाई आशा छ छिटै तिमिलाई गुगलमा खोज्नुको सट्टा म तिमीसँग कुरा गरि तिम्रो आवाज सुनेर आफ्नो दिन शुरु गर्न सकुँ ।

९ अक्टोबर २०१४
म खुसी छु कि तिमिले मेरो फोन उठाएनौ । म  तिमिलाई के भनुँ, तिमिलाई हाइ गर्ने सहि तरिका के हुनसक्छ? मेरो मनमा धेरै सवालहरु छन् । आई लभ यू जान

१ नोभेम्बर २०१४
म तयार छु ।

२ नोभेम्बर २०१४
बेबी बिस्वास भैरहेको छैन कि मैले तिमिसँग मिले । तिमी निकै सेक्सी देखिन्छौ । म अब आफ्नो बिस्तारामा छु तर एसआरके को घरको बाहिर करिब ३० मिनेट सम्म रोकिएको थिए । त्यहाँ प्रशंसकहरुको यति धेरै भिड थियो मलाई कुनै याद छैन कि मैले तिमिलाई के भने । म निकै नरवस थिए र तिम्रो साथमा छुट्टै प्रकारको मानिस बनेको थिए । म एउटा टीनएजर जस्तै नरवस भैरहेको छु । मलाई यो फिलिङ राम्रो लागेको छ । म सोच्दछु तब के हुनेछ कि जब तिमी मलाई तानेर आफ्नो नजिक लैजान्छौ र मलाई किस गर्दछौ । म पक्का बेहोश हुनेवाला छु ।

१३ नोभेम्बर २०१४
म यो पनि सोचिरहेको छु कि तिमी आफ्नो नयाँ घरमा शिफ्ट हुँदैछौ होला बेबी, जब तिम्रो किचन तयार हुन्छ म त्यसलाई सजाउने छु । म यो चाहन्न कि अरु कोहि यो काम गरोस् । तिमीलाई स्टाफ को जरूरत हुनेछ । हामीहरुले उनिहरुको इन्टरव्यू लिनेछौ । म तिम्रो स्टाफलाई तिम्रो जरुरतका अनुसार उसलाई ट्रेन गराउने छु।



ऋतिकले दिएनन् कुनै जवाफ
ऋतिकको तर्फबाट मुंबई पुलिसलाई सुम्पिएको साइबर फरेंसिंङ रिपोर्ट का अनुसार ऋतिकले धेरै इमेलको जवाफ नदिएको बताइएको छ । जुलाई २०१४ देखी ६ महिना सम्म ऋतिकलाई कंगनाले आफ्नो आईडीबाट पनि १०० भन्दा धेरै इमेल गरेका थिए । ऋतिकलाई कंगनाले केहि तस्विर पनि पठाएकी थिइन् जुन त्यो दिनहरुका फिल्म सँग जोडिएको तस्विर थियो । तर ऋतिकले कुनै एटेचमेन्ट खोलेका थिएनन् । उनको आईफोन ५ एसमा त्यो बेला पठाइएको फोटोहरुलाई हालै मात्र फरेंसिक एनालिसिसको लागि खोलिएको थियो ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...