हेर्नुहोस् !! बादलको गोप्य भेलामा के के भयो ?

हेर्नुहोस् !! बादलको गोप्य भेलामा के के भयो ?

Loading...

नेकपा (क्रान्तिकारी माओवादी) को हिजोको बैठकलाई महासचिव बादलले बहिष्कार गरेका छन् । पार्टीको आसन्न केन्द्रीय समितिको बैठकका लागि काठमाडौं आइसकेका अधिकांश आफ्नो पक्षधर सदस्यहरूको उपस्थिति रहेको सो गोप्य भेलामा के कसरी एमाआवादीसित पार्टी एकताको घोषणा गर्दा उपयुक्त हुन्छ भनेर छलफल भएको त्यही भेलामा उपस्थित एक केन्द्रीय नेताले बताए ।

उनका अनुसार अब एमाओवादीसित एकताको कुनै विकल्प छैन । चैत १२ गते अगावै वा त्यसैको बीचमा वा त्यसपछि पार्टी एकताको घोषणा गर्ने भन्ने विषयमा मतैक्यता बनाउन भएको सो भेलाले सकभर किरणलाई समेत लिएर एकतामा जाने कुराले थप बल पाएको बताइएको छ । सिद्धान्तनिष्ठ एकताका पक्षमा रहेका वैद्यलाई बादल पक्षले जबरजस्ती एकतामा धकेल्न जोड गरिरहेको पनि बताइन्छ ।

सो गाप्य भेलाले पार्टी एकताकापछिको संगठनात्मक जिम्मेवारीका बारेमा पनि कुराकानी भएको छ । स्रोतका अनुसार एकतापछि बादललाई पार्टीको महासचिव र सरकारको पुनर्गठनको अवस्थामा सरकारको नेतृत्व गरी पठाउने कुरामा मोटामोटी सहमति भएको छ ।

गोप्य भनिएको उक्त भेलामा एमाओवादीको लिलामणि पोखरेललगायतका जिम्मेवार नेताको पनि उपस्थिति रहेको थियो ।



स्रोत : जनपाटी


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...