नेपालकै हस्पिटलमा यस्तो कार्य, तपाई हस्पिटललाई बिस्वास गर्नै छाड्नुहुन्छ (भिडियो सहित)

नेपालकै हस्पिटलमा यस्तो कार्य, तपाई हस्पिटललाई बिस्वास गर्नै छाड्नुहुन्छ (भिडियो सहित)

Loading...

उदयपुर सुगारी ४ की १६ बर्षीया सकुन्तला सुवेदी सुत्केरी बेथा लागेर फागुन २१ दिउसो साढे एक बजे लहानस्थित लवकुश अस्पताल भर्ना भइन् । अस्पतालमा कार्यरत अनमी शिवकुमारी चौधरीले उनलाई भर्ना गरिन् । त्यही राती २ बजे सुवेदी सुत्केरी भइन् । उनले साढे दुई किलोग्राम तौल भएकी छोरी जन्माइन् ।
प्रसुती सामान्य हिसाबले नै भयो । बेड नम्बर २४ मा भर्ना भएकी सुवेदीले नौ महिना कोखमा राखेको बच्चा अस्पताल प्रशासनलाई छाडेर २ गते बिहान १० बजे अस्पतालबाट डिस्चार्ज भइन ।  अस्पताल भर्ना हुँदा श्रीमानको नाम राखिएको छैन । तर, पिताको नाम रामबहादुर सुबेदी उनले उल्लेख गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार सुबेदीले बच्चा छाडेर गएपछि अस्पतालका सञ्चालक बिरदेव महतोले बच्चा किन्ने ग्राहकको खोजी गरे । बच्चा किन्ने ग्राहक भेटियो । त्यही क्रममा सप्तरी फत्तेपुर २ की दिलकुमारी चौधरीलाई बोलाएर बच्चा जिम्मा लगाइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । २२ गते बेलुका सात बजे अस्पताल प्रशासनले चौधरीलाई बच्चा दिइरहेका बेला नियन्त्रणमा लिएको लहान प्रहरीले जनाएको छ ।

अस्पतालको भर्ना विवरणमा सुत्केरीको नाम सकुन्तला सुवेदी उल्लेख छ । तर, बच्चाको बर्थ सर्टिफिकेटमा आमाको नाम दिलकुमारी चौधरी र बुबा सैलेन्द्र चौधरी उल्लेख गरिएको छ । दिलकुमारीले उक्त बच्चा आफूले नजन्माएको प्रहरीमा बयान दिएकी छिन् । अस्पतालका सञ्चालकहरुले आर्थिक लेनदेनको आधारमा दिलकुमारीलाई बच्चा दिन लागेको प्रहरीको आरोप छ । पक्राउ परेका अस्पतालका कर्मचारीहरुले पनि सञ्चालकहरुको निर्देशन अनुसार काम गरेको बताउदै आएका छन् । अस्पतालका सञ्चालकहरु बिरदेव महत्तोसहित दुर्गा महत्तो, मनोज साह र निरञ्जन शाक्य हुन् ।



बच्चा किन्ने दिलकुमारी के भन्छिन ?
सप्तरी फत्तेपुर २ का सैलेन्द्र चौधरीसंग मेरो ५ वर्षअघि बिबाह भएको थियो । ५ वर्षसम्म पनि बच्चा नभएपछि धेरै अस्पतालमा जचाँए । अब बच्चा नहुने भो भनेर निरास थिएँ । लबकुस अस्पतालमा कार्यरत उषा चौधरीले भाउजु नाता पर्ने शोभालाई फोन गरेर गाउँमा कसैलाई बच्चा चाहिएको छ भने अस्पतालमा छ भन्दै खबर गरेछ । शोभाले मलाई खबर गरिन् । बच्चा जन्माउने आमा २२ गते १० बजे नै डिस्चार्ज भइसकेकी रहिछन् । मलाई त्यही दिन दिउँसो खबर आयो । ‘बच्चा कस्तो छ ?’ मैले उषालाई सोधें । राम्रो र स्वस्थ्य भएको थाहा भएपछि म त्यही दिन साँझ अस्पताल आइपुगे । गाडीबाट ओर्लेपछि उषाले नै अस्पतालसम्म लगिन् । बच्चा लिएर अस्पतालको छतमा बसिरहेका बेला मलाई प्रहरीले समात्यो ।

अस्पतालक सञ्चालक बिरदेवले बच्चा किन्ने मान्छे खोज्न लगाएपछि उषाले ग्राहकको खोजी गरेको प्रहरीले जनाएको छ ।  बच्चा किनबेच भइरहेको खबर पाएपछि प्रहरी अस्पताल पुग्दा सुरुमा बच्चा भेटाउन मुस्किल प¥यो । पछि खानतलासीका क्रममा दिलकुमारी बच्चासहित अस्पतालको छतमा फेला परिन् । प्रहरी पुग्दा ग्राहक खोजी गर्न निर्देशन दिने  अस्पताल सञ्चालक बिरदेव चौधरी पनि दिलकुमारीसंगै थिए । तर, प्रहरीले बच्चाको खोजी गर्न थालेपछि उनी फरार भए ।

पक्राउ पर्नेहरु के भन्छन्?



बच्चा किन्ने दिलकुमारी र उषाको सम्बन्ध
अवकुश अस्पतालमा कार्यरत सिएमए गरेकी उषा चौधरीको घर उदयपुर सुन्दरपुर ५ हो । दिलकुमारीका जेठाजु बुदुर  चौधरीको बिबाह पनि सुन्दरपुरमै भएको थियो । उषा र बुदुरको चिनजान थियो । उषाले आफनो भाउजु नाता पर्ने शोभा चौधरीलाई अस्पतालमा बच्चा रहेकाले लैजाने मान्छे खोज्न भनिन् । ‘सञ्चालक विरदेवले अराएपछि मैले शोभालाई फोन गरेर बच्चा लैजाने मान्छे खोज्न भनेको हो,’उषाले स्वीकारिन् ।

को–को पक्राउ परे ?
सप्तरी फत्तेपुर २ घर भई हाल सप्तकोशी नगरपालिका १ बस्ने सैलेन्द्र चौधरीकी श्रीमती वर्ष २३ की दिलकुमारी चौधरी, उदयपुर सुन्दरपुर ५ बस्ने नरसिंह चौधरीकी छोरी वर्ष २२ की उषा चौधरी, सप्तरी कुशाह ६ बस्ने हरिनारायण चौधरीकी छोरी २३ बर्षकी  शिवकुमारी चौधरी (अनमी), सिराहा नहरारिगोल ५ बस्ने तेजनारायण विश्वकर्माकी छोरी २१ बर्षकी जुनमाया विश्वकर्मा (अनमी)  र सिराहा नवराजपुर २ बस्ने शिवनाथ यादवका छोरा २१ बर्षका चन्द्र किसोर यादव पक्राउ परेका छन् ।

कसले के गरे ?
पक्राउ परेकी अनमी शिवकुमारी चौधरीले सुत्केरी बेथा लागेर आएकी सुवेदीलाई भर्ना गरिन् । उनको डयूटी सकिएपछि जुनमायाले जिम्मेवारी लिइन् । जुनमायाले सुवेदीलाई नर्मल डेलिभरी गराइन् । उनको डयूटी बिहान सात बजे सकियो । २२ गते दिउँसो एक बजे शिवकुमारी अस्पताल आइन् । अस्पतालका सञ्चालक बिरदेवले बच्चा किन्ने आमा खोज्न निर्देशन दिएपछि शिवकुमारीले उषालाई बोलाइन । शिवकुमारीले नै जुनमायालाई  बच्चाको बर्थ सर्टिफिकेट बनाउन लगाइन् ।



कहाँ छ बच्चा ?
बेचखनमा पर्न लागेको बच्चा धर्मपुत्री बनेकी छिन् । स्थानीय प्रशासनले दिलकुमारीले छोरी बनाउन चाहेको बच्चालाई काठमाडौं महानगरपालिका २९ की रिता तुलाधरलाई धर्मपुत्री बनाउन जिम्मेवारी दिएको छ । तुलाधरलाई धर्मपुत्री बनाएर पाल्न दिनु भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपछि लहान प्रहरीले तुलाधरलाई चैत ५ मा दिएको हो ।

स्रोत : स्वास्थ्य खबर


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...