नेपालका मुख्य मुख्य नेताको हत्या गर्ने भारतीय योजना,चीनसित सम्झौता हुन नदिन अन्तिम प्रयास

नेपालका मुख्य मुख्य नेताको हत्या गर्ने भारतीय योजना,चीनसित सम्झौता हुन नदिन अन्तिम प्रयास

Loading...

समरसिंह शर्मा, भारतीय शासक यतिखेर नेपाल र नेपाली जनतालाई झुकाउन मरिहत्ते गरेर लागेको छ । नेपालका मुख्य दलका मुख्य मुख्य नेताका हत्या गर्ने योजनासमेत भारतीय शासकले बनाएको स्रोतहरूले दावी गरेका छन् । नेपालका नेताहरूलाई थ्रेट बढेपछि फागुन २१ बाट काठमाडौंमा भीआईपीहरूको सुरक्षार्थ कमान्डो परिचालित गरिएको छ । नेपालमा नेताहरूको हत्या गराएर भारत केपी ओलीको आसन्न भ्रमण रद्द गराउन चाहन्छ ।

त्यसैले भारत यतिखेर हात धोएर नेपाल र नेपाली जनताका विरुद्ध लागेको छ । भारतीय विदेशसचिव जयशंकरले मेधेसी मोर्चाको नेताहरूलाई राज्यका विरुद्ध संघर्ष गर्ने दिएको निर्देशन निकै संवेदनशील रहेको छ । मोदीको खतरानाक ७ बुँदे प्रस्ताव लिएर नेपाल आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभल गुप्त रूपमा भेटघाट गरिरहेका छन् । कांगे्रसको १३ औं महाविशेनको समाप्तिसँगै नोपाल राजनीतिमा नयाँ परिस्थितिको सिर्जना हुँदै गएको छ । अजित डोभल सिक्किम विलयका योजनाकार हुन् । उनी खालिस्तान दमनका संयोजक पनि थिए । लामो समय पाकिस्तान बसेका डोभल एसियाकै खुँखार षड्यन्त्रकारी मानिन्छन् । उनी निरन्तर रणनीतिक महत्व राख्ने राजनीतिक चालबाजी गरिरहने मानिसका रूपमा आफूलाई परिचित गराएका मानिस हुन् ।

डोभलले एकैपटक काठमाडौं र बेइजिङको हवाई टिकट लिएर नेपाल आएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ जानुभन्दा अगाडि नै उनी त्यहाँ पुगेर त्रिदेशीय र त्रिपक्षीय भूमिका निर्वाह गर्ने चाहेका छन् । यसको मुख्य उद्देश्य केपी ओलीको आसन्न चीन भ्रमण असफल पार्नु हो । भारत कुनै पनि हालतमा ओलीको चीन भ्रमण सफल भएको देख्न चाहन्न । नेपालमा राजनीतिक अस्थीरता उसको भित्री आकांक्षा हो ।

नेपाली जनतालाई सरकारका विरुद्ध सडकमा उतारेर सरकार फर्ने तथा आफ्ना सन्धि सम्झौताका विषयमा नेपाललाई झुकाउन नसककोमा भारत निकै चिन्तित रहेको बताइन्छ । नेपालका मिडियाहरूलाई भने भारतले यसपटक केही हदसम्म प्रयोग गर्न सफल रह्यो । यसकारण ऊ कुनै पनि हालतमा नेपाललाई आफ्नो अधीन राखिराख्न चाहन्छ । नेपालका कतिपय राजनीतिक दलहरूका कारण ऊ अहिले पनि विभिन्न षड्यन्त्र गरिरहेको छ ।

बेइजिङसित विशेष सम्बन्ध राखेका प्रचण्डले केपी ओलीजस्ता दक्षिणपरस्त मानिसलाई उत्तरतिर फर्काउन सक्लान् भनेर सायद कसैले पनि सोचेका थिएनन् तर नेपालमा त्यही भइरहेको छ । राजनीतिमा सबै कुराको सम्भावना हुन्छ भनेको सायद यसै भएर होला । केपी ओलीले एमाओवादीसित एमालेको पार्टी एकताको प्रस्ताव गर्नु र प्रचण्डले बेला–बेलामा एमालेसित पनि पार्टी एकता हुन सक्छ भन्नु उहाँहरूको आफ्नो कुरा नभएर चिनियाँ कार्ड बोलेको हो । नेपालमा सैनिक कू पनि हुन सक्छ भन्ने बहस र नेपाली सेनाको वक्तव्य निकै अथैपूर्ण रहेको मानिन्छ ।

कांगेसको महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्डले नाकाबन्दीका विरुद्ध सार्वजनिक रूपमा बोलेर आफू उत्तरतिर फर्किसकेको जनाउ दिएका हुन् । सकेसम्म नेपालका वामपन्थीहरूका बीचमा एकता र त्यसो हुन नसके माओवादी धाराहरूका बीचमा एकता चिनियाँको रुची सार्वजनिक भइसकेको विषय हो । जे होस्, नेपाल क्रमशः उत्तरतिर ढल्केको छ । स्मरणीय छ कि दक्षिणका देश र जनताभन्दा उत्तरका देश र जनतालाई असल ठान्ने नेपाली परम्परा रहँदै आएको छ ।


स्रोत : JanaPati


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...