रोचक जानकारी : अाखिर महिला र पुरुषको सर्टमा बटन किन अपोजिट साइडमा हुन्छ?

रोचक जानकारी : अाखिर महिला र पुरुषको सर्टमा बटन किन अपोजिट साइडमा हुन्छ?

Loading...

धेरै कुरा यस्ता हुन्छन् जसलाई हामी खासै ध्यान दिइरहेका हुँदैनौ । एउटा त्यस्तै सानो कुरा जुन हामी खासै ध्यान दिंदैनौ । तपाईले कहिले यो कुरा याद गर्नुभएको छ कि महिलाहरु र पुरुषहरुकव शर्टको बटन फरक फरक साइडमा हुन्छ । खासमा महिलाहरुको शर्टको बटन बाँया तर्फ हुन्छ भने पुरुषहरुको सर्टको बटन दायाँ तर्फ हुन्छ ।

अाखीर किन यस्तो हुन्छ ?
हाम्रो शर्टमा बटन हुनुको पछाडी धेरै कारणहरु छ र पछिल्लो धेरै बर्षदेखिको परम्पराहरुले यस बिषयमा विभिन्न तर्क दिन्छन् । पहिले पहिले पुरुषहरु खुद अाफै कपडा लगाउने गर्दथे भने महिलाहरुलाई अरुले लगाइदिनुपर्ने थियो । जो दोस्रो व्यक्तिलाई लगाइदिंदा दाहिने हात बढी सक्रिय हुन्थ्यो ।  त्यसै कारण पुरुषको दायँ तर्फ र महिलाको कपडामा बाँया तर्फ बटन हुन्थ्यो ।

त्यस्तै अर्को किबदन्ती अनुसार पहिले पहिले पुरुषको दायाँ हातमा तलबार राख्ने गर्दथे भने महिलाहरु अाफ्नो बाँया हातमा बच्चा राख्दथे । त्यसैकारण सजिलोको लागि यस्तो भएको अनुमान गर्न सकिन्छ । पहिले महिलाहरु र पुरुषको परिधानमा धेरै भिन्नता हुन्थ्यो । तर समय अनुसार महिला र पुरुषहरुलाई समान अधिकार दिनुपर्छ भन्ने भएपछि बिस्तारै महिला र पुरुषको कपडाहरु एउटै हुन थाल्यो । त्यसैकारण महिलाको कपडा र पुरुषको कपडामा थोरै अन्तर देखाउन यस्तो गरिएको हुनसक्छ भन्ने समेत अनुमान लगाउने गरिन्छ ।

त्यस्तै यसै बिषयको कनेक्सन नेपोलियन सँग पनि छ । भनिन्छ कि नेपोलियनले महिलाहरुको कपडामा बायाँ तर्फ बटन लगाउने अादेश दिएका थिए । साथै कपडा निर्माताहरुको धेरै रणनीतिहरुका कारण पनि महिला र पुरुषहरुको कपडामा ठिक बिपरित बटन राख्ने चलन अाएको हुन सक्छ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...