OMG !! अब २०१८ सम्ममा पहिलो यात्रा गर्नेछ "टाइटानिक २"ले

OMG !! अब २०१८ सम्ममा पहिलो यात्रा गर्नेछ "टाइटानिक २"ले

Loading...

एक शताब्दी भन्दा धेरै समय अगाडी टाइटानिक जहाजको एउटा भयानक दुर्घटनामा आफ्नो पहिलो यात्राको क्रममा उत्तरी अटलान्टिक सागरमा डुबेको थियो । अब त्यस्तै जहाजको नयाँ प्रतिरुपलाई २०१८ सम्ममा यात्राको लागि तयार गरिने भएको छ ।

एक अंग्रेजी पत्रिकाको रिपोर्ट अनुसार, एउटा अस्ट्रेलियाका अरबपति क्लिव पालमर र उनको कम्पनी ब्लू स्टार लाइनले टाइटानिक-२ लाई निर्माण गरिरहेको छ । जसमा ३० करोड पाउण्डको लागत अाएको छ । टाइटानिक-२, २ सय ७० मिटर लामो र ५३ मि६र उचाइको हुनेछ भने यसको वजन ४० हजार टन हुनेछ ।

पहिलेको टाइटानिक जहाजको तुलनामा यो जहाजको चौडाइमा चार मीटर ज्यादा रहेको छ । जुन २१अौ शताब्दीको लागि सेफ्टी रेगुलेशन्सको लागि जरुरी हुन्छ । यसमा पर्याप्त मात्रामा लाइफ-बोट्सको साथमा मरीन इवैकुएशन सिस्टम्स पनि हुनेछ । यी बाहेक असली लाइफबोट्सको बोट डेङ्क हाउसिङको प्रतिरूप पनि सामेल हुनेछ ।

टाइटानिक-२ को पहिलो यात्रा पहिलेको टाइटानिक जस्तै साउथ हैप्टन देखी न्यूयोर्कको लागि नभई यो पूर्वी चीनको जियांग्सु देखी दुबई सम्मको हुनेछ । ब्लू स्टार लाइन्सको मार्केटिङ डायरेक्टर जेम्स मैक्डोनाल्डले बताए अनुसार नया टाइटानिकमा मोर्डन इक्वेशन प्रोसीजर्स, सेटलाइट कन्ट्रोल्स, डिजिटल नेभिगेशन र राडार सिस्टम्स हुनुका साथै २१अौ सताब्दीको सुरुवातमा हुने जहाजहरुमा हुने सामानहरु पनि देख्न पाईने छ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...