ह्याट्रिक सहित ५ विकेट लिने सन्दिपको जीवनको रोचक कहानी

ह्याट्रिक सहित ५ विकेट लिने सन्दिपको जीवनको रोचक कहानी

Loading...

आइसीसी यु–१९ विश्व कप क्रिकेटमा शनिबार आयरल्यान्ड विरुद्ध ह्याट्रिक सहित ५ विकेट लिएका नेपाली लेग स्पिनर सन्दिप नवलपरासीका हुन् । सानो छंदा काठको ब्याट र सामान्य पलाष्टिकको बल प्रयोग गरेर बलिंग सिक्ने गर्दा रहेछन् सन्दिपले । साथि भाई लगायत संग केहि पैसा उठाएर टेनिस बल किन्दै विस्तारै घर टोलको खालि बाटो र गल्लिमा क्रिकेट सिक्ने सन्दिपले वास्तविक मैदान र खेल त स्कुलको प्रतियोगिताहरुमा भाग लिन थालेपछि गर्न थाले ।


स्कुलको ब्याट र बल पाए पछि उनले आफ्नो खेल झन् सुधार गर्दै लगे । त्यसपछि उनी चितवनको घरेलु क्रिकेट टिममा पर्न पनि सफल भए । चितवनबाट घरेलु क्रिकेट खेल्ने गरेका सन्दिप  चितवनबाट  यु–१९ टोलीमा प्रतिनिधित्व गर्ने तेस्रो खेलाडी हुन् । एक वर्ष अघि चितवन क्रिकेट एकेडेमीले आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक  पुबुद दासानायकेले सन्दिपलाई छनौट गरेका हुन् । नारयणगढको  क्याम्पाचौरमा  सन्दिपको खेल हेरेका दासानायकेले सन्दिपको खेल मन पराएर तुरुन्त  काठमाडौ ल्याई  बन्द प्रशिक्षणमा राखेका  थिए । उनको उत्कृष्ट प्रदशनको कारण  खेलकाे म्यान अफ द म्याच पनि बन्न सफल भएका ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...