नेपाल अायल निगमले गर्यो ग्यास आयातको कोटा बढाउने प्रस्ताव

नेपाल अायल निगमले गर्यो ग्यास आयातको कोटा बढाउने प्रस्ताव

Loading...

नेपाल आयल निगमले ग्यास आयातको कोटा बढाउन प्रस्ताव गरेको छ । हाल मासिक २९ हजार मेट्रिक टन ग्यासको कोटा ताकेको आयल निगमले अब डेढ गुणा कोटा बढाउने तयारी गरेको छ । आइओसीले स्वीकृति दिएमा अब नेपालमा मासिक ४३ हजार ५ सय मट्रिक टन ग्यास आयात हुनेछ ।

‘धेरै उपभोक्ताको घरमा ग्यास छैन । सबै नाका नखुलेसम्म ग्यासको आयात पनि सहज हुँदैन’ आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरलाई भने, आपूर्ति नबढाएसम्म ग्यासको समस्या हल नहुने देखेपछि कोटा बढाउन लागेका हौं । भारतीय आयल कर्पोरेशन (आइओसी) सँग ग्यासको कोटा बढाउन औपचारिक रुपमा आग्रह गरिसकिएको उनले बताए । त्यसमा आईओसीको सकारात्मक जवाफ दिएको छ ।

आइओसीले कोटा बढाउने संकेत गरेपछि आयल निगमका वितरण विभाग प्रमुख मुकुन्द घिमिरे मंगलबार मुम्बइ गएका छन् । उनलाई आइओसीका अधिकारीसँग छलफल गरी ग्यासको कोटा बढाउने वातावरण बनाउने जिम्मेवारी दिएर दिल्ली पठाइएको हो ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...