उपत्यकाका फुटसल अनिश्चितकालका लागि बन्द

उपत्यकाका फुटसल अनिश्चितकालका लागि बन्द

Loading...

प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा सञ्चालित ५१ वटा फुटसल बन्द गराएको हो । रमाइलोका लागि खेलिने फुटसल पछिल्लो समय काठमाडौंमा युवाहरुमाझ निकै लोकपि्रय बनेको थियो ।

तर, छिमेकी तथा अभिभावकको उजुरीका आधारमा बन्द गरिएको प्रहरीले बताएको छ । ‘छिमेकीले होहल्ला भो भनेर उजुरी गरे । अभिभावकले मनपरी शूल्क भो भनेर उजुरी गरे’ परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने-‘सचेत युवाहरुले विकृति देखियो भनेर पनि उजुरी गरेका छन् ।’ उनका अनुसार अब प्रहरीले बन्द गरिएका फुटसलहरु दर्ता भए नभएको, आचार संहिता हुन नहुने लगायत हेर्नेछ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...