एमाले संसदीय दलको बैठक बस्दै, ओलीप्रति प्रश्न उठाउने तयारीमा सांसद

एमाले संसदीय दलको बैठक बस्दै, ओलीप्रति प्रश्न उठाउने तयारीमा सांसद

Loading...

काठमाडौ, ४ माघ ।


सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठकमा सरकारको समीक्षा, मधेसी मोर्चाले राखेका मागमा एमाले धारणा र अबको कार्यक्रमबारे छलफल हुनेछ । 

सरकार र पार्टी सञ्चालनमा देखिएको अप्ठ्यारोका विषयमा पनि छलफल हुनेछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार सञ्चालन, पछिल्लो राजनीतिक घटनाक्रम, मधेसी मोर्चाले उठाएका ११ बुँदे माग लगायत विषयमा छलफल हुने एमाले पोलिटब्युरो सदस्य एवम् सांसद प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

बैठकमा सरकार सञ्चालनबारे प्रगति, सरकारका कमी कमजोरी लगायत विषयमा सांसदहरुले आआफ्नो सुझाव राख्ने ज्वालाले बताउनुभयो। 

बैठकमा केही सांसदहरुले भने भारतीय नाकाबन्दीपछि मौलाएको कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने तयारी गरेका छन्।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...