नौ हजारले खेले रक्सीको यस्तो विचित्र ‘होली’

नौ हजारले खेले रक्सीको यस्तो विचित्र ‘होली’

Loading...

संसारमा अनेकौं विचित्र किसिमका परम्परा र संकृतिहरु बनाएका छन मानिसले । यसै क्रममा स्पेनको रिओजा
प्रान्तमा होली खेलेजस्तै गरि ‘रक्सीजात्रा’ मनाइन्छ ।

हरेक वर्ष २९ जुनमा सेन्ट पिटर्स डे मनाउने क्रममा उक्त दिन त्यहाँमा मानिसहरू एक–अर्कामाथि रेड वाइन खनाएर ‘होली’ खेल्छन् । यसलाई ‘ब्याटल अफ वाइन’ पनि भनिन्छ ।

यस वर्षको जात्रामा नौ हजार मानिसले भाग लिए । जात्रामा एक लाख ३० हजार लिटर वाइन रक्सी खर्च भएको थियो । रक्सीजात्रामा भाग लिन मानिसहरू सेतो कपडा लगाएर आउँछन्, तर फर्कने वेलामा रक्सीले नुहाएर पूरै राता हुन्छन् ।

तीन सय वर्षदेखि मनाइँदै आएको यो जात्रामा हरेक वर्ष सहभागीको संख्या बढ्दै गएको छ । कैयौँ देशबाट पर्यटकहरू पनि त्यहाँ पुग्ने गरेका छन् ।

जात्रामा नौजवान केटाकेटीका साथै वृद्धवृद्धासमेत सहभागी हुने गरेका छन् । जात्रालाई रमाइलो बनाउनका
लागि मानिसहरू ड्रम पनि बजाउने गर्छन् ।

मानिसहरू बाल्टी र वाटर पेस्तोलमा वाइन भरेर राख्छन् र अर्कामाथि खन्याउँछन् । यो रक्सीजात्रा सरसर्ती हेर्दा होलीको रंग छ्यापेकै शैलीमा खेलिन्छ ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...