व्यापारी अपहरणमा संलग्न प्रहरीका सई र असई पक्राउ

व्यापारी अपहरणमा संलग्न प्रहरीका सई र असई पक्राउ

Loading...

काठमाडौ, ४ माघ ।  

गुन्डा नाइकेसँग मिलेर व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा नेपाल प्रहरीका सई रामहरि रिजाल र असई रमेश तिमल्सिना पक्राउ परेका छन्। 

सामाखुसीका कहलिएका गुन्डा कुलमान श्रेष्ठसँग मिलेर न्युरोड सोलार व्यापारीको अपहरण गरेको अभियोगमा अन्य दुई जनासँगै उनीहरु पक्राउ परेका हुन्। 

न्युरोडमा रहेको भ्यालुसिटी इक्पेक्सका सञ्चालक राजेश शर्माको अपहरण गरी रकम असुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त जनसेवाले रिजाल, तिमल्सिना र श्रेष्ठसँगै मुकेश शर्मालाई समेत पक्रेको हो।

रिजालको दरबन्दी आयुक्तको कार्यालयमा रहेपनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका असई तिमल्सिनालाई प्रहरी प्रधान कार्यालयले सांसद सुरक्षाका लागि संसद सचिवालयमा खटाएको थियो।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...